शरद गौचनको हत्या गरे’ भन्ने मनोज पुन को हुन् ? कस्का लागि गर्छन काम ? किन प्रहरीले पक्राउ गर्न सकेको छैन ?

0
64

काठमाडौं, २४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई काठमाडौंको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूह र गत वर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले एउटै रहेको अनुमान प्रहरीको छ |गुण्डा नाइके मनोज पुनले सञ्चालन गरेको सो आपराधिक समूहका व्यक्तिले केही प्रहरी अधिकारीलाई फोन गरी घटनाको जिम्मेवारी लिएपछि प्रहरीले यस्तो अनुमान गरेको हो। पुनको सो समूहले व्यवासयी गौचनसँग करोडौँ पैसा मागेको र नदिएपछि हत्या गरिएको प्रहरीले शंका गरेको छ।

सो समूहका सदस्यले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई नै फोन गरेर हत्या स्विकारेको बताइएको छ।यसअघि पनि फोनबाट अपराध स्विकार साउनको अन्तिम साता मनोज पुनका एक सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। बास्तविक नाम मनोज बुढामगर भनिने मनोज पुनसँग निरन्तर सम्पर्कमा रही अपराधिक क्रियाकलाप गर्ने पाल्पा तान्सेन नगरपालिका ७ का २२ वर्षिय सुशान्त लाकौललाई पक्राउ गरेपछि प्रहरीले पुनको सक्रियता रुपन्देहीमा कम भएको दाबी समेत गरेको थियो।

यस्तो छ उनको पुरा विवरण, हेर्नुहोस भिडियोमा –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here