छोराले आफ्नै आमाको बलात्कार गर्न खोज्दा आमा नमाने पछी ढुङ्गाले हानेर आमाको हत्या

0
77
छोराले आफ्नै आमाको बलात्कार गर्न खोज्दा आमा नमाने पछी ढुङ्गाले हानेर आमाको हत्या

नशाले होस गुमाएका एक छोराले आफ्नै आमालाई बलात्कार गर्ने प्रयास गरे । जब आमाले यसको विरोध गरिन् त्यसपछि उनले ढुंगाले हानेर आमालाई नै मारिदिए । आमाको हत्याको चार दिनपछि यो रहस्य खुलेको छ । प्रहरीले ती छोरालाई गिफ्तार गरेर मुद्दा अगाडि बढाएको छ ।

७ अक्टोबरका दिन भारतको ग्वालियर कैलारसमा बस्ने लक्ष्मी मित्तलको मृत शरीर उनको घरमा भेटिएको थियो । प्रहरीले फरेन्सिक जाँच कर्दा उनीमाथि कसैले बलात्कारको प्रयास गरेको थाहा पायो । लक्ष्मीले बलात्कारको विरोध गर्दा उनलाई निर्घात कुटपिट गरिएको तथ्य फरेन्सिक जाँचले खोलेको थियो । त्यसपछि प्रहरीको शंका उनका २४ वर्षका छोरा सुरजमाथि गयो । सुरज नशाको लतमा फसेका दिए र दिनहुँजसो आमासँग लडाइ झगडा गरिरहन्थे ।

लक्ष्मीका श्रीमान् प्रभुदयालको ७ वर्ष पहिले नै मृत्यु भइसकेको थियो र उनी छोरा सुरजसँग बस्थिन् । हत्याको अघिल्लो दिन ६ अक्टोबरमा पनि छिमेकीले लडाइ झगडाको आवाज सुनेका थिए । प्रहरीले सुरजको कुनै नशेडी साथी घरमा आएको हुन सक्ने र उसैले बलात्कारको प्रयास गरेर हत्या गरेको हुनसक्ने अनुमान लगायो । प्रहरीले सुरजसँग सोधपुछ जारी राख्यो । प्रहरीले सोधपुछमा कडाइ गरेपछि सुरजले सबै कुरा स्वीकार गरेका थिए ।

६ अक्टोबरका दिन राती सुरज नशाले लठ्ठ भएर घर आएका थिए । आमालाई बलात्कार गर्ने उद्देश्यले उनी माथिल्लो तलामा गए । तर बलात्कारको आमाले प्रतिकार गरिन् । बलात्कारको प्रयासमा सफलता नपाएपछि उनले आमालाई पिट्न सुरु गरे । यही क्रममा उनले एउटा ठूलो ढुंगा ल्याएर आमाको टाउकोमा हाने जसका कारण लक्ष्मीको मृत्यु भयो । आमा मरेपछि उनी आफ्नो कोठामा गएर सुते । भोलिपल्ट बिहान लक्ष्मी मृत अवस्थामा भेटिँदा उनी रोइरहेको अवस्थामा भेटिएका थिए । तर, सुरजले पटक पटक बयान बदलेका कारण प्रहरीलाई शंका भएको थियो । – डिसीनेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here