३ करोड नेपालीहरुलाई झट्का दिने सनसनीपूर्ण खुलासा, बाम गठबन्धनका शीर्ष नेताहरुले ३ अर्ब रुपैया लिएको श्रोतको दावी

0
65
३ करोड नेपालीहरुलाई झट्का दिने सनसनीपूर्ण खुलासा

काठमाडौं, २२ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीवीच वाम गठबन्धन बनेसँगै नेपाली राजनीतिक वृत्तमा तरँग पैदा भैरहेको छ ।

तीन दलले बृहत्त बाम गठबन्धन बनाउने सहमति गत असोज १७ गते गरेपछि अहिले राजनीतिमा विभिन्न छटपटी र प्रतिक्रियात्मक तरंग उत्पन्न भएको छ । तत्काललाई चुनावी गठबन्धन र दीर्घकालमा एउटै बामपन्थी पार्टी बनाउने लक्ष्यसाथ मुलुककै पहिलो र तेस्रो ठूलो पार्टी एक ठाउँमा आएपछि दोस्रो हैसियतमा रहेको नेपाली कांग्रेसमाथि दबाब परेको थियो । कांग्रेसले पनि आफ्नो नेतृत्वमा बृहत्त लोकतान्त्रिक मोर्चा गठन गरेर अघि बढिसकेको छ ।

भविष्यमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले आफूहरुले वाम एकता गरेको भनेर दुवै पक्षका शीर्ष नेताहरुले भनिरहेपनि यो गठबन्धन बनाउनको लागि नेपालका प्रसिद्ध उर्जा व्यापारी दिपक भट्टले काम गरेको खुलासा भएको छ । उनले चीनीयाँ कम्पनीले निर्माण गर्ने भनेको बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउनको लागि दुवै पार्टी एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुलाई मनाउन ठूलो रकम खर्चिएको खुलासा भएको छ ।

उच्च स्रोतका अनुसार उक्त आयोजना निर्माण गर्ने भनेर ट्रायल बेसमा रहेको चीनीयाँ कम्पनी गेजुवाले ३ अर्ब रुपैयाँ रकम निकासा गरेको छ । सुरुमा उक्त आयोजना गेजुवालाई दिनुहुँदैन भनेर सार्वजनिक रुपमै विरोध जनाउँदै आएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई समेत यही मोर्चामा आवद्ध भएपछि उनको समेत मुखमा बुझो लागेको छ । वाम गठबन्धन निर्माणमा होमिएसँगै बाबुरामले पनि अब बुढीगण्डकीबारे कुनै चासो देखाएका छैनन् ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको बाम गठबन्धनले उम्मेदवार छनोट र निर्वाचन क्षेत्रको निक्र्योलको कामलाई चाडै टुङग्याउने गरी काम गर्ने बताएको छ । गठबन्धनले बनाएका दुई छुट्टाछुटै कार्यदलले आफ्नो काम समयसीमा भित्रै सक्नेगरी काम गरिरहेको जनाएका छन् ।
माओवादी केन्द्र र नेकपा एमालेकोबीचमा चुनावी तालमेल र पार्टी एकिकरणको चर्चासंगै सरकार परिवर्तनको गर्ने खेल पनि सुरु भएको छ ।

माओवादी केन्द्र र एमालेका नेताहरु दुई पार्टीको बीचमा बनेको चुनावी तालमेलका कारण कांग्रेस चुनाव नगर्ने दिशामा जान सक्ने भन्दै सरकार नै परिवर्तन गरेर भएपनि चुनाव गर्नुपर्ने योजनामा छन् । सरकारमा कांग्रेससंग बस्ने र चुनावी गठवन्धन एमालेसंग गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै दुवै पार्टीका नेताहरु सरकार परिवर्तनको गृहकार्यमा लागेका हुन ।

व्यापारी भट्टको पहलमा एमालेबाट पुर्व गृहमन्त्री बामदेव गौतम र माओवादीबाट हालका गृहमन्त्री जनार्दन शर्मा संलग्न भएको समेत खुलासा भएको छ ।

को हुन भट्ट ?
भट्ट गेजुवा कम्पनीका लोकल ऐजेण्ट हुन भने नेता गौतमका निकट ब्यवसायी हुन । उनि सेना, प्रहरी र विद्युत प्राधिकरणमा लामो समयदेखी ब्यवसाय गर्दै आएका छन् ।

मन्त्री शर्माले नियमविपरीत गेजुवालाई बुढिगण्डकी परियोजना दिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले उनलाई बयानका लागी बोलाउने निर्णय गरेको थियो । संसदको अर्थ तथा जलस्रोत समितिले बुढिगण्डकी परियोजना चिनिया कम्पनीलाई दिने सरकारी निर्णय खारेज गर्न सरकारलाई निर्देशन नै दिएको थियो । – रिपोर्टर्सनेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here