भारतको सुनौलीमा नेपाली ट्यांकरमा आगजनी, चालक भारतीय प्रहरीको नियन्त्रणमा

0
90
भारतको सुनौलीमा नेपाली ट्यांकरमा आगजनी, चालक भारतीय प्रहरीको नियन्त्रणमा

काठमाण्डौ, ५ कात्तिक । भारतको सुनौलीमा नेपाली ट्यांकरमा आइतवार आगजनी भएको छ ।
नेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
नेपालको सिमाना रुपन्देहीको बेलहियाबाट ५०० मिटर दक्षिणमा दिउँसो ४.३० बजेतिर ट्याकरको ठक्करबाट एक जनाको मृत्यु भएको र त्यसपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
उनका अनुसार ट्यांकरको ठक्करबाट मृत्यु हुने पुरुषको सनाखत हुन सकेको छैन । ट्यांकरमा लागेको आगो नेपालबाट गएको दमकलले निभाएको थियो । ट्यांकरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका–७ का सन्तोष खरेललाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान गरेर कानूनी प्रक्रिया अघि बढाउनका लागि भारतीय प्रहरीसँग छलफल भइरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here