आफ्नै प्रेमिकालाई बेहोस बनाएर सामूहिक बलात्कार पछि भिडियो

0
78
आफ्नै प्रेमिकालाई बेहोस बनाएर सामूहिक बलात्कार पछि भिडियो

नेपालगञ्ज । आफ्नै प्रेमिकालाई ललाइफकाई मादक पदार्थ खुवाएर अर्धचेत बनाएर जबरजस्ती सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाउने एक ब्यक्ति पक्राउ परेका छन् ।

गत जेठ २ गते राति साढे ९ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १२ का २२ वर्षका राजु बुढा क्षेत्रीले सम्झना भण्डारी (नाम परिवर्तन)लाई प्रेम गरेको बहाना बनाई ललाई फकाई जंगल लगेर कर गरेर बियर खुवाएका थिए । बियर खुवाएर अर्धचेत बनाएपछि साथिहरु बोलाएर सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाएको पाइएको छ ।

राजुसँगै साथीहरु स्थानीय १९ वर्षका दिपेश डाँगी र २० वर्षका सागर शाहीसमेत भै कोहलपुर जंगलमा युवतीलाई बियर खुवाई तीनै जनाले बलात्कार गरी अश्लिल भिडियो बनाएको भेटिएको छ ।

पीडित युवतीलाई बाँके कोहलपुर नगरपालिका वडा नं १३ सिम्री स्थित सामुदायिक जंगलमा लगेर राजु बुढाले सुरुमा आफूले बलात्कार गरेको र दिनेश डाँगी र सागर शाहीले मोबाइलबाट अश्लिल भिडियो बनाएका थिए । प्रहरीका अनुसार उनीहरुले त्यही भिडियो युवतीलाई देखाएर डर र त्रासमा पारी आफूहरुले पनि बलात्कार गरेका थिए ।

सामूहिक अश्लिल भिडियो सार्वजनिक भएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो ।उनीहरुमाथि साउन १७ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा सामूहिक जबरजस्ती करणी मुद्दा दर्ता भएपछि संलग्न अभियुक्तहरु भागेका थिए ।

प्रहरी टोलीले मुख्य अभियुक्त राजु बुढा क्षेत्रीलाई बर्दियाको बासगढी नगरपालिकामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनीविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । #टपनेपाल न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here