एमवीवीएसमा चिट चोराउँने गिरोहको थप खुलासा, उच्च पदस्थसम्मको हात

0
59

टियुमा चलेको वौद्धिक दलाली

चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउने गिरोहको नयाँ रहस्य सतहमा आएको छ र यसमा डिन कार्यालयका उच्च पदस्थसम्मको हात रहेको देखिएको छ ।

आइओएमबाटै दुई ब्याच अघि एमबीबीएस गरेका डा. राहुल रौनियार एक परिक्षार्थीसँग फेसबुक मार्फत पैसा मागेको प्रमाण भेटीएको छ ।

जहाँ उनले लेखेका छन् ५० लाख फर स्कोलारसिफ अनि २५ लाख फर पेइङ । यसको अर्थ हुन्छ छात्रवृत्तिका लागि ५० लाख र प्रवेश परीक्षा पास गराउँन २५ लाख रुपैयाँ माग गरिएको छ । यो रकम कसरी माग भएको थियो र माग गर्ने राहुल रौनियानबारे माग गरिएका विद्यार्थीहरु बताउँछन् ।

प्रवेश परीक्षाको तयारीमा चलिरहेकै बेला भएको यो चलखेलले प्रवेश परीक्षा पास गराउन पैसाको ठूलै डिल गरेको देखिएको छ । परीक्षार्थीसँग फेसबुक मेसेन्जरमै पैसाको डिल गरेका छन् । र, विचौलियाको रुपमा आइओएमकै विद्यार्थी प्रयोग भएको देखिएको छ । र, परिक्षार्थी आश्वस्त नभएपछि फेरि अर्को प्रश्न परिक्षार्थीले सोध्छन् र जवाफमा रौनियारले भनेका छन–हामी कहाँ भइरहेछ, लाष्ट आवरमा एन्सर पठाउने तर पैसा लाग्छ ।..गराउने मान्छे गराई रहेछ क्यारे । तिमी जति पढे पनि नपढे पनि नपढ्नेको नाम स्कलरशीप वा पेइङमा भयो भने डन्ट रिग्रेट लेटर है । त्यतिबेला पैसाको लागि भएको वार्गेनिङबारे विद्यार्थीहरु भन्छन् ।

राहुल रौनियारमात्र होइन, यस्ता बिचौला र माफियाहरुको ठूलो गिरोह लामो समयदेखि एमबीबीएसको प्रवेश परीक्षा सेटिङमा संगठित रुपमा लागेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले प्रवेश परीक्षाको ‘एन्सर सीट’ लगेर बाहिर आएको एन्सर सिटसँग म्याच गरिरहेको छ भने पैसाको वार्गेनीङ गर्ने राहुल रौनियानको बारेमा अनुसन्धान अगाडि बढाएको छ । आइओएमले बनाएको एन्सर सीट म्याच गर्दा ९० प्रतिशत मिलेको खण्डमा त्यो प्रश्नपत्र बाहिरिएको ठहरिनेछ । त्यो अवस्थामा पुनः परीक्षा हुनुपर्ने माग विद्यार्थीहरुले गरिरहेका छन् ।

उच्च पदस्थहरु कै हात

चिट चोराएर विद्यार्थी पास गराउन ठूलै गिरोह सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । राहुल रौनियार र बीके यादवलगायतका बिचौलियाहरु परिक्षार्थीसँग रकम असुल्न व्यस्त रहेको देखिएको छ । त्यस बाहेक नाम चलेका केही ठूला एमवीवीएसको तयारी कक्षा सन्चालन गर्ने इन्सिच्युटहरु पनि यसमा संग्लन भएको हुनसक्ने देखिएको छ ।

इलेक्ट्रोनिक डिभाइस सहित पक्राउ परेका विद्यार्थी र नक्कली परीक्षार्थीहरुको वयानका आधारमा आइओएमकै अधिकारीहरुको संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । असोज २८ गते सञ्चालित प्रवेश परीक्षाका क्रममा तीनवटा परीक्षा केन्द्रबाट प्रहरीले विद्युतीय डिभाइस सहित केही परीक्षार्थीलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालै परीक्षा केन्द्रबाटै प्रश्नपत्रको फोटो खिचेर भाइबरमार्फत मेडिकल काउन्सिल र आइओएमका डीन जगदीश अग्रवाललाई समेत पठाए पनि त्यसको जवाफ उनले दिएका छैनन् ।

अहिलेसम्म आइओएमले परीक्षा रद्द गर्नुको साटो नतिजा प्रकाशन मात्रै स्थगन गरेपछि परीक्षार्थीहरुले समेत डीनको नियतमाथि शंका गर्दै शिक्षण अस्पताल परिसरमा निरन्तर प्रदर्शन जारी राखेका छन् । उनीहरुले डीन कार्यालयबाटै प्रश्नपत्र आउट गरिएको र डिभाइसबाट उत्तर लेखाउने गिरोह समेत आइओएमसँग मिलेको आरोप उनीहरुको छ ।

२५ लाख र ५० लाख तिरेर सेटिङमा प्रवेश परीक्षा पास गराउने गिरोहमा डा. गोविन्द केसी नजिक रहेकाहरु बढी सक्रिय देखिएका छन् र उनीहरुको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here