कमलादीमा गोली चल्यो, पेस्तोलसहित तीन भारतीय पक्राउ

0
49
कमलादीमा गोली चल्यो, पेस्तोलसहित तीन भारतीय पक्राउ

कार्तिक १५, २०७४-अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित तीन भारतीय नागरिक कमलादीबाट पक्राउ परेका छन् ।

कमलादीको हेरीटेज प्लाजाभित्र गोली पड्केको आवाज आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न निजी कम्पनीहरुको कर्पोरेट कार्यालय रहेको प्लाजभित्र किन गोली पड्कियो भन्ने खुलिसकेको छैन । प्रहरीका अनुसार गोलीबाट कोही पनि घाइते भने भएका छैनन् ।
कमलादीमा गोली चल्यो, पेस्तोलसहित तीन भारतीय पक्राउ
मंगलबारमात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं छिरेका ती भारतीय किन पेस्तोलसहित काठमाडौं छिरेका थिए भन्ने प्रस्ट खुलिसकेको छैन । पक्राउ परेकाहरुमा भारत पञ्जावका जसबीर सिंह, अरविन्द सिंह र देवेन्द्र सिंह रहेका छन् । प्रहरीले उनीहरुलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो । उच्च प्रहरी स्रोतका अनुसार उनी ठूलै घटना गराउन काठमाडौं छिरेको हुनसक्ने आशंका गरिएको छ ।

पेस्तोलसहित पक्राउ परेका भारतीयहरुले प्रयोग गरेको गाडी । ठमेलबाट नियन्त्रणमा लिइएको गाडीमा कमलपोखरी प्रहरीले खानतलासी गर्दै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here