बलात्कारी किचकन्या

0
63
बलात्कारी किचकन्या

दीपक घिमिरे

घडीले रातको एघार बजाइसकेछ । मनमा डर उस्तै थियो । न आफूसँग बाइक छ न त कुनै गाडी नै आउँछ ।
जङ्गलको बाटोमा एक्लै बस्नुको पीडा मैले भोग्दै छु यतिबेला, त्यो पनि मध्यरातमा ।

मनमा भूतका कल्पना एक्कासि मडारिन थाले । अस्ति पढेको ड्राकुलासम्बन्धी कथाले मलाई झन डराउन दियो । हलिउडको हरर मुभी सम्झेर म डरले थुर–थुर भएँ । हरर मुभी हेर्दा चैँ मजा आउँथ्यो तर त्यसको पीडा म आज भोग्दै छु ।

गोजाबाट मोबाइल निकालेँ, ब्याट्री सकिएर स्विच अफ भएको रहेछ । तनाव भएपछि अलिकति अगाडि पुगेर गाडी पर्खने सोच बन्यो । घडीले साढे एघार बजाएपछि म हिँडेरै आधा किलोमिटर जति वर आइपुगे । यहाँ एउटा पुल थियो, पुलमा अडेस लागेर बसँ ।

परबाट एउटा बाइक आए जस्तो लाग्यो । सडकको बीचमा पुगेर रोकेँ । ऊ रोकियो । तर एउटा स्कुटीमा तीन जना सवार थिए । दारुले फिट भएका उनीहरुले मलाई लिफ्ट दिएनन् । बरु हिँडेरै भए पनि सल्ले बजारसम्म जान सुझाव दिए ।

अब यो बेला कुनै सवारी साधन नपाइने उनीहरुले बताए । दारुले फिटान भएका उनीहरु गीत गाउँदै अगाडि बढेँ, म चैँ अन्धकार जङ्गलमा ट्वाँ परे ।

उनीहरु निस्केपछि मलाई कता जाउँ भयो, सल्ले बजारतिर जाउँ भने अझै तीन घण्टाको पैदल बाटो छ । अघि आएकैतिर फर्कौं भने त्यो गाउँमा पुगेर न बास पाउनेछु, न कोही आफन्त छन् । बिल्कुलै अपरिचित ठाउँमा म बिचल्लीमा परे ।

पुल पार गरेपछि एउटा घना जङ्गल आयो । जङ्गलमा गएर एउटा बलियो काठ भाचेर टेक्ने लौरो बनाए । जसले मलाई जङ्गली जनावर बाट बचाउँथ्यो अनि हिँड्दा आडभरोसा पनि दिलाउँथ्यो ।

औँशीको निष्पट कालो रातमा कहिले नहिँडेको जङ्गलको बाटो सल्ली बजार पुग्ने आँट मैले गरँे । न कुनै बत्ति छ, न मोबाइलमा ब्याट्री । हातमा एउटा घडी छ, त्यो पनि राम्रोसँग देखिँदैन ।

म हिँडिरहेँ, सल्ली बजारलाई लक्ष्य बनाउँदै हिँडिरहेँ ।

एक घण्टा हिँडेपछि अलिकति उकालो आयो । ठूलाठूला रुख मात्र भएको घना जङ्गलमा उकालो हिँड्दा थाकेपछि एकैछिन सुस्ताउने मन लाग्यो । निक्कै थकाई लागेर होला, म अरु हिँड्न नसक्ने भए ।

बाटैको छेवमा भएको ठूलो ढुङ्गामा गएर झोला राखेँ । अनि त्यही झोला माथि थचक्क बसेर आफू हिँडेर आएको बाटोतर्फ आँखा दौडाएँ । मेरो भाग्य भनौँ या खुशीको कुरा, मेरो पछि एउटा मान्छे उज्यालो बालेर मतिरै आउँदै थियो ।

ऊभन्दा अघि हिँड्ने मनसायले उठेर ब्याग बोकेँ । फेरि सोचे, सँगै गएँ जङ्गलको बाटोमा डर हुन्थेन ।

उसलाई कुरे । ऊ उस्तै मन्द गतिले मतिर आइरह्यो ।

अहिले चैँ निक्कै डरलाग्दो अवस्था आयो । नजिकै आएको त्यो उज्यालो बत्तीसहितको मान्छे एक्कासि गायब भयो । बत्ती पनि छैन र त्यो मान्छेको आकृति पनि ।

म अलि धेरै डराएँ । हिँड्ने गतिलाई अलि बढाए ।

डरले पछाडी पनि नहेरी आफ्नै तालमा हिडेर उकालो पार गरे । तर्केर हिडेको कारणले होला , थकाई लाग्यो अनि उभिए । नचाहेरै पनि पछाडी फर्केको , त्यो उज्यालो सहितको मान्छे फेरि आउदै थियो ।

यो पटक म उभियर उसलाई कुरे ।

चारैतिर जङ्गल थियो, दौडेर भाग्ने अवस्था थिएन । कोही आउँदै होला भन्ने सोचेर पर्खिएँ तर यो पटक पनि उस्तै गरेर एकाएक गायब भयो ।

मेरो मुटुको धड्कन बढ्यो, थकानले बढेको सास अहिले डरले बढ्न थाल्यो । डरको अगाडि थकान गायब भयो अनि म फेरि दौडिएँ ।

ओ हो ! अगाडि दुई तीन जना मान्छे उस्तै उज्यालो बालेर हिँडदै गरेको देखेँ । पछाडि आउँदै गरेको मान्छे एक्कासि गायब भएसी दौडन सुरु गरेको म मुस्किलले दस मिनेट दौडिएँ हुँला । तर अहिले पछाडि पनि उस्तै नजिक आउँदै छ, अनि अगाडि अरु धेरै त्यस्तै गरेर हिँड्दै छन् । म बीचमा परँे ।

डरले कतिसम्म गलाएको छ भन्ने कुरा मलाई मात्र महशुस भएको छ यतिबेला । बेस्सरी चिच्याएर रुँदै कसैलाई गुहार्न मन छ तर सक्दिनँ ।

पछाडि आउँदै गरेको मान्छेलाई जितेर अगाडि जाँदै गरेका मान्छेको नजिक पुग्न साहस बटुलेँ । अनि फेरि एकछिन दगुरँे ।

अगाडि हिँडिरहेका उनीहरुलाई म जति जोडले दगुर्दा पनि भेटाउन सकिन । अनि जति जोडले कुदेर भाग्दा पनि पछाडि आउँदै गरेको मान्छे मेरो एकदम नजिकै थियो । यो कस्तो अचम्म हो ? न जित्न सक्छु न भेटाउन । ठ्याक्कै भूतको फिल्ममा भएको सिन यतिबेला मलाई हुँदैछ ।

म धेरै दगुर्दा थाकँे अनि सडकको तलतिर गएर रुखको आड लागेर थकाइ मार्न थालेँ । जहाँ एकछिन लुक्न पनि सकिन्थ्यो । पछाडिबाट कसैले मेरो काँधमा हात राखेर सोध्यो ‘एक्लै छौ ?’

म झसङ्ग भए, एक्कासि पछाडि फर्केर हेरेँ । एउटी जवान केटी हातमा दियो लिएर उभियकी थिई । म चिच्याउन खोजेँ, उसले मेरो गालामा हात राख्दै भनी ‘नडराऊ ! म पनि एक्लै छु । आऊ यतै बसौँ एकै छिन्, अनि जाउँला । ’

डराउँदै भए पनि म उसको पछि लागँे । दस मिटर जति पर पुगेपछि उसले समतल ठाउँमा बसाल्दै भनी ‘तिम्रो नाम के हो ?’

मैले उसको प्रश्नको उत्तर दिनुभन्दा पैला यता उता हेरँे ।

ओ माई गड ! यो ठाउँ त चिहानघाट रहेछ । मेरो मुटु निक्कै जोडजोडले भट्किँदै थियो ।

डराउँदै भने ‘नाम दीपक हो । घर पालुङटार ।’

ऊ मेरो नजिक आउँदै भनी ‘नडराऊ ! तिम्लाई आज मस्तीको दुनियाँमा लैजान्छु ।’

म उठेर हिँडन खोजे, उसले बाटो छेक्दै भनी ‘यो मध्यरातमा म तिमीसँगै छु । तिमी जहाँ जान्छौ, त्यहाँ मलाई पाउँछौ ।’
यति भनेर उसले मलाई अँगालोमा बेरी अनि ओठसम्म आफ्नो ओठ लिएर चुम्न खोजी । म उसको अँगालोबाट फुत्किएँ अनि भागेँ ।

म दौडिएँ, ऊ उतै हाँस्दै थिई ।

बाटोमा निस्केर बेस्सरी पाइला चालेँ । अहिले न अगाडि कुनै उज्यालो बोकेका मान्छे थिए न त पछाडि । म एक्लो थिएँ ।

घडी हेरेँ । एक बज्दै थियो । अझैसम्म सिम्ले बजार देखिने छाँटकाट थिएन । म जोडजोडले ठूला पाइला चालिरहँे उसले नभेटाउने आशामा भागिरहेँ ।

‘थकाइ लागे होला, आऊ एकछिन बसौँ ।’ उहीँ केटी मेरो अघिल्तिर प्रकट भएर आग्रह गरी ।

म निक्कै अत्तालिए । यतिबेला मेरो होस उड्यो ।

म भाग्न खोजेँ, तर सकिनँ । मेरा खुट्टा लुला भए, शरीर चिसो भयो ।

उसको हातको दियो एक्कासि निभ्यो । अनि उसले मलाई अँगालोमा बेरेर सडकदेखि तल झारी ।

ऊ अघिअघि अनि म पछिपछि लागेर जङ्गलभित्र छिरेपछि फेरि एउटा चिहानघाट आयो ।

म होसमा छु तर न बोल्न सक्छु न त भाग्न । म अर्धचेत अवस्थामा छु । इसारामा नाच्ने बाँदर जस्तै भएको छु यतिबेला ।

डराउँदै छु तर रुन सक्दिनँ । उसलाई छाडेर भाग्न सक्दिनँ । उसको आत्माले मलाई नराम्रोसँग पक्डिसकेछ । म उसको इसारामा नाच्दै हिँडे ।

मसानघाटको कुनामा एउटा सानो झुपडी थियो । त्यही झुपडीभित्र उसले मलाई डोर्याउँदै लागी । म नसामा लठ्ठिए जस्तै हिँडेर उसको त्यो झुपडीमा प्रवेश गरँे ।

झुपडीभित्र एक दर्जनभन्दा धेरै उस्तै केटीहरु थिए । सबैले हातमा दियो समातेर, कपाल फिँजाएर नाच्दै केही भजन गाउँदै थिए । सबै एकदमै सुन्दर थिए । म त्यो झुपडीको एउटा कुनामा बसेँ ।

नाच्दै गरेका ती किचकन्याहरुले मलाई पालै पालो चुम्न थाले । कसैले मेरो कपडा खोल्न थाले भने कसैले मलाई अँगालोमा बेस्सरी कस्न थाले ।

म एक्कासि बेहोस जस्तै भएर ढलेँ ।

बिहान सात बजे बिउतिँदा म सिम्ले बजारभन्दा दुई किलोमिटर वर टोडकेखोलाको बगरमा लडेको थिएँ । स्थानीय व्यक्तिले बगरमा लडेको देखेर मलाई उठाउन आएका रहेछन् । म स्वस्थ थिएँ । पूरा निद्रा पुगेको अवस्थामै थिए । तर रातभर किचकन्याले बलात्कार गरेर होला निक्कै कमजोर भएको थिएँ । Ratopati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here