हराएको ३ दिनपछि जंगलमा शव भेटियो, मृत्यु रहस्यमय

0
51
हराएको ३ दिनपछि जंगलमा शव भेटियो, मृत्यु रहस्यमय

नुवाकोट, ९ कात्तिक (रासस) विदुर नगरपालिका–२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत्त अवस्थामा भेटिएका छन् ।

सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी आज विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here