अस्पतालको बेडबाट जिबन भिख माग्दै एक महिला !

0
47
अस्पतालको बेडबाट जिबन भिख माग्दै एक महिला !

हो जन्मिएपछि यो संसारमा मर्न सबैलाई पर्छ । यसमा २ मत छैन तर पाईन्जेल र सकिन्जेल मात्र १ सेकेण्ड भएपनि धेरैँ बाचौँ भन्ने सबैलाई हुन्छ । तर गंगा दाहाललाई बाँच्छु जस्तो लागेकै छैन । किनकी उनको परिवार आर्थिक स्थितिले कमजोर छ ।
घरमा बुढा भएका सासु ससुरा, सामान्य ईलेक्ट्रीसीयन श्रीमान, ७ र ४ वर्षका २ कलिका छोराहरु छन् । गंगाको मृगौलाले काम गर्न छाडेको पनि १०÷११ महिना भयो, डाक्टरले अब प्रत्यारोपण गर्नुपर्छ भनेको छ । प्रत्यारोपणको लागि मृगौला दिने व्यक्ति परिवार भित्रै पाईन आशा भने गंगालाई छ ।
गंगाकी दिदीले मृगौला दिने बताएकी छन्, तर पनि गंगालाई बाँच्छु जस्तै लागेको छैन, किनकी मृगौला दिने मानीस भएपनि प्रत्यारोपणको लागि आवश्यक पर्ने पैसा उनिहरुसंग छैन । उनि भन्छिन्– “कमसेकम कलिला छोराहरुलाई टुहुरो बनाउन मन थिएन, तर के गर्ने कुनै उपाय नै नलाग्ने भयो ।” भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here