काठमाडौको दवाव थेग्न नसकेपछि राजेन्द्र महतो राती नै हिडे जनकपुर

0
71
काठमाडौको दवाव थेग्न नसकेपछि राजेन्द्र महतो राती नै हिडे जनकपुर

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो जनकपुरका लागि हिडेका छन् ।

भोलि विहिवार १० वजेको फ्लाइटबाट जनकपुर जाने तयारी थिए । तर, उनलाई धनुषाको क्षेत्र नम्बर ३ को विषयले लगातार दवाव आउन थालेपछि उनी जनकपुरका लागि हिडेको श्रोतले बताएको छ ।

उनी रातारात जनकपुर पुग्ने योजनामा छन् । स्रोतका अनुसार भोलि राजेन्द्र महतोलाई जनकपुर पुग्न नदिनका लागि षड्यन्त्र हुनसक्छ, त्यसैले उनी राती नै पुग्ने गरि जनकपुरका लागि हिडेका हुन् ।

यसैबीच, भारतीय दुतावासको दवावमा अवेर साँझ बालुवाटारमा राजपा नेपाल र नेपाली कांग्रेसबीचमा भएको छलफलमा पनि केहि सहमति हुन सकेन । राजपा नेपाल र काँग्रेस आआफ्नै अडानमा भएपछि सहमति बन्न नसकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here