अझै बाँकी छ रावणको लंकाको अवशेष, हेर्नुहोस् ९ तस्विर

0
49
अझै बाँकी छ रावणको लंकाको अवशेष, हेर्नुहोस् ९ तस्विर

रावणको लंकका श्रीलंकाको लंकापुर भन्ने ठाँउमा थियो भन्ने गरिन्छ । यहाँ आज पनि रावणको महलको अवशेष बाँकी छ । यस ठाउँमा विभिन्न मन्दिर छन्, जहाँ रामायण कालमा महत्वपूर्ण घटनाहरु भएका थिए ।

लंकापुरमा आज पनि हनुमान मन्दिर, सीता मन्दिर, अशोक वाटिका, रावणको साधना गर्ने ठाउँ छन् । त्यसैगरी, यही ठाउँमा रावणको वध गरिएको थियो भन्ने गरिन्छ । श्रीलंकामा कम्तिमा ५० भन्दाबढी ठाउँ रामायणसँग जोडिएका छन् ।

मन्दोदरी महल – रावणले सीताको हरण गरेपछि मन्दोदरी महलमा राखेका थिए । यसलाई सीता किल्ला पनि भन्ने गरिन्छ ।
रावणको महलको भित्री भागको अवशेष ।
हनुमानको खुट्टाको निशाना ।
अशोक वाटिका, जहाँ रावणले सीतालाई राखेका थिए ।
सीताको आशुले बनेको पोखरी – यो पोखरी कहिल्यै सुक्दैन ।
रावणको दरवार पस्ने थुप्रै सुरुङमध्ये एक हो, जहाँ सीतालाई लुकाएर राखिएको भनिन्छ ।
महलको बाहिरी भित्तामा खोपिएका मूर्तिहरु ।
लंकापुरमा रहेको रावणको ठूलो मूर्ति । एजेन्सी
नेदरल्याण्डमा चल्छ भगवान रामको नामको मुद्रा, एक राम मुद्राको मूल्य १० युरो !

मर्यादा पुरुषेत्तम भगवान रामको जन्म स्थान अयोध्या भारतको राजनीतिक विषय पनि हो । त्यहाँका अधिकांश जनता भगवान रामलाई अराध्य मान्छन् । राम जन्मिएको देश भारतको मुद्रामा अशोक स्तम्भ र महात्मा गान्धीको तस्विर अंकित छ । यो दौडमा राम पछि पछि परे । भारतमा भलै भागवान रामको नोटमा स्थान मिलेन । तर दुनियाँको एक यस्तो देश छ जहाँ रामको नामको मुन्द्रा चल्छ ।

यो देशमा चल्द्ध राम मुद्रा
राम राज्यको कुरा भारतमा हुन्छ । तर राम नामको मुद्रा युरोपीयन देश नेदरल्याण्डमा चल्छ । यो मुद्रा महर्षि महेश योगीको संस्था ‘द ग्लोबल कन्ट्रि वल्र्ड पी’ले २००२ मा सुरु गरेको थियो । यो एक गैर नाफा मुलक संस्था हो । यसले मेडिटेशन, शिक्षा र संसारका शरहमा शान्तिको प्रचार गर्ने काम गर्छ ।

यही संस्थाले रामको नामबाट मुद्रा जारी गरेको थियो । यसका नेता थिए न्यूरोलजिस्ट टानी नाडर । २००२ मा जीसीढडव्ल्यूपीले अमेरिकाको आइओवा स्थित महर्षि वेदिक सिटीमा आफ्नो हेडक्वाटर बनायो । संसारका देशमा कृषि परियोजनाको विकास, गरीबीलाई हटाउनका लागि राम नाको मुद्रा छापिएको हो । सन् २००३ मा यो मुद्रा केही युरोपीयन र अमेरिकी शहरमा प्रचलनमा आएको थियो ।

राम मुद्रा कस्तो देखिन्छ ?
अझै बाँकी छ रावणको लंकाको अवशेष, हेर्नुहोस् ९ तस्विर
राम नाको यो मुद्रामा चमकदार रंगको प्रयोग गरिएको छ । राम मुद्राको एक, पाँच र दश रुपैंयाका नोट उपलव्ध छन् । यी नोटमा भगवान रामको फोटो अंकित छ । नोटमा राम राज्य मुद्रा समेत लेखिएको छ । यो मुद्रामा कामुधेनु गाई कल्पवृक्षको तस्विर पनि राखिएको छ । अमेरिकाका ३५ शहरमा राम नामको ब्राण्ड समेत चल्छ ।

कति पर्छ मूल्य ?
नेदरल्याण्डका तीस गाँउ र शहरका अधिकांश पसलमा यो नोट चलिरहेको छ । यहाँ राम मुद्राको उपयोग कानुनको उलंघन होइन । नेदरल्याण्डको डच दोकानमा एक राम मुद्राको साटो दश युरो पाइन्छ । अथवा एक राम मुद्राको मूल्य १० रुपैंया पर्छ । अहिलेसम्म लगभग एक लाख राम नोट चलिरहेको छ । मानिसहरुले यसलाई बैंकमा जम्मा गर्न समेत सक्छन् ।

को थिए महर्षि महेश योगी ?
उनको जन्म १२ जनवरी १९१७ मा भारतको छत्तिगढ राज्यको राजिम शहरमा भएको हो । ४० र ५० को दशकमा उनले आफ्ना गुरुसँग ध्यान र योगको शिक्षा लिएका थिए । ६० को दशकमा उनी अध्यात्मिक गुरु बने र संसारभर प्रसिद्ध भए । पश्चिममा जब हिप्पी संस्कृतिको ठूलो प्रभाव थियो । भनिन्छ की संसारका करीब ६० लाख उनका अनुनायी छन् । उनको निधन नेदरल्याण्ड स्थित आफ्नै घरमा ९१ बर्षमा ५ फेब्रुअरी २००८ मा निधन भयो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here