कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो, घर फर्किन समस्या

0
54
कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो, घर फर्किन समस्या

कतार News नेपाल
कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र (भिसा) नवीकरण गरेको छैन । पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नका लागि ‘रिलिज’ दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ ।

अहिलेको अवस्था कस्तो छ ?

कम्पनीले उनीहरूलाई कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैङ्क, निजी क्षेत्रका ठुला कार्यालयलगायत क्षेत्रमा सफाइ मजदुर र कार्यालय सहयोगीका रूपमा काम गर्न पठाउने गरेको थियो । सरकारी निकायमा काम गर्ने भए पनि कम्पनी धराशायीमा गएको वा तलब दिन नसक्नुको स्पष्ट कारणबारे कामदारलाई जानकारी दिएको छैन ।
काम र तलब नहुँदा पीडित कामदार समस्यामा पर्न थालेका छन् । पुरुष र महिला कामदारलाई अलगअलग स्थानमा राखिएको छ । महिला कामदारलाई कतारको अबुहम्मर, अलकिसा र एनखालिदस्थित क्याम्म राखिएको छ । नेपाली महिला कामदार राखिएको एउटा क्याम्पमा बिजुली नै काटिदिएको छ ।
उनीहरूले खानाको लागि आफै जोहो गरिराख्नुपरेको छ, पैसा नहुनेहरूलाई आफन्त, साथीभाइ सहयोग मिलिरहेको छ ।
कतारको श्रम विभागले कम्पनीका सञ्चालक/प्रतिनिधिलाई उपस्थित हुन बोलाउँदा पनि पुगेका छैनन् ।
फर्किन गाह्रो

पीडित कामदारले ठुलो समस्या आउनुअघि नै उद्धार गर्न दूतावाससमक्ष अनुरोध गरेका छन्
दूतावासले आफ्नो सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ
टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन्
भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टटेसन सेन्टर) बाट नेपाल आएका छन्
आफ्नै खर्चमा फर्किनेहरू आफूले पाउनुपर्ने बाँकी तलब, पाउनुपर्ने अन्य सबै सुविधालाई त्यागेर फर्किएका हुन्
अर्को कम्पनीमा मिलाइदिए राम्रो

न्यायका लागि कतारको अदालत धाएर अदालतले पीडितको पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउँछन्
नेपाली दूतावासका श्रम काउन्सिलर गिरिजा शर्माले पीडितको हितका लागि दूतावासले सक्दो कोसिस गरिरहेको बताइन् । उनले भनिन्, ‘दूतावासले श्रम विभागसँग समन्वय गर्ने काम भइरहेको छ ।’
नोट: होम कार्कीले लेखेको यो समाचार हामीले कान्तिपूरबाट लिएका हौ । हाम्रो स्वरूपमा ल्याउनको लागि केही परिवर्तनहरू गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here