खुलेयाम फूटपाथमा युवती बलात्कार हुदाँ मतलब नगरेर बाटो बदलेर हिडे मानिस

0
67

आन्द्र प्रदेशको विशाखापट्टनममा आइतबार फुटपाथमा खुलमखुला रुपमा एक असक्त महिला बलात्कृत भएकी छन ।
फुटपाथको एउटा रुखमुनि छायामा बसिरहेकी एक मानसिक रोगी महिलालाई २१ वर्षीय एक युवाले खुलेयाम रुपमा बलात्कार गरेको बताइएको छ ।

रेल्बे स्टेशनमा नजिक उक्त घटना भएका हो । दुखद कुरा त यो छ की पीडित महिलाले सहयोगका हारगुहार गरिरहिन तर मानिसहरु उनलाई सहयोग गर्न छाडेर बाटो परिबर्तन गरेर आफ्नो गन्तव्यतिर लागेको बताइएको छ ।
एक जना रिक्सा चालकले दिएको भिडियोको सहायताले भारतीय प्रहरीले अभियुक्तलाई गांजी शिव नामको उक्त व्यक्तिलाई पक्राउ गरिसकेको छ । प्रहरीले उनी विरुद्ध उजुरी दर्ता गरिसकेको बताइएको छ । प्रहरीले उक्त व्यक्ति हिष्ट्रियालाई भएको बताएको छ ।

प्रहरीको प्राम्भिक अनुसन्धानबाट उसले पहिला महिलाको छेउमा आएर छेड्छाड गरेको र त्यस लगत्तै बलात्कार गरको स्वीकार गरेको बताइएको छ । अभियुक्त पक्राउ पर्दा नसामा रहेको प्रहरीले बताएको छ ।
घटनाका विषयलाई लिएर रिक्सा चालकको पनि व्यापक आलोचना भएको बताइएको छ । केही अधिकारकर्मीहरुले भिडियो बनाउनुको सट्टा रिक्सा चालकले पीडित महिलाको उद्दार गर्नु पर्ने भनी सामाजिक सञ्जालमा कडा आक्रोश व्यक्त गरेका छन । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here