चुनाव आगावै एमाले प्रवेश गर्दै रञ्जु दर्शना र उज्वल थापा !

0
66
चुनाव आगावै एमाले प्रवेश गर्दै रञ्जु दर्शना र उज्वल थापा !

काठमाडौं । विवेकशील साझा पार्टीका नेताद्वय रञ्जु दर्शना न्यौपाने र उज्वल थापाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
एमालेका महासचिव ईश्वर पोखरेलसँग न्यौपाने र थापाले गोप्य रुपमा वार्ता गरिरहेको स्रोतले जनाएको छ । काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले आफ्नो पक्षमा माहोल बनाउन रञ्जु र उज्वललाई एमालेमा प्रवेश गराउन लागेका हुन् ।

पटक पटक पराजित हुँदै आएका पोखरले यसपटक पनि कांग्रेसका नेता डा.प्रकाश शरण महतसँग नराम्रोसँग हार्ने हो कि भनेर डराएका छन् ।

महासचिव पोखरेललाई हराउन नेपाली कांग्रेसलाई साना दलहरूले सहयोग गर्ने चाल पाएपछि रञ्जु र उज्वलको साथ लिन लागेका हुन् ।

पूर्वपत्रकार रविन्द्र मिश्र विवेकशील पार्टीमा मिसिन आएपछि उनीहरूका बीच विवाद हुँदै आएको थियो । मिश्रले रञ्जु र उज्वललाई आउट गर्ने तयारी गरिरहेका बेला दुबै नेताहरू एमालेलेमा प्रवेश गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here