जीवनमा कसैलाई पनि भन्न नहुने ४ कुरा श्रीमती आमाबुबा कसैलाई पनि नभन्नुहोस

0
53
जीवनमा कसैलाई पनि भन्न नहुने ४ कुरा श्रीमती आमाबुबा कसैलाई पनि नभन्नुहोस

पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बताइन्छ । चाणक्यले यस्ता ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात सँधै यी ४ कुराको राज आफूसँगै हुनु पर्छ ।

अर्थनाशं मनस्तापं गृहिणीचरितानि च।
नीचवाक्यं चाऽपमानं मतिमान्न प्रकाशयेत्।।
यो श्लोकमा उल्लेख भए अनुसार जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यस्ता छन्ः

पहिलो कुरा
धन नास भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् ।

तपाइँलाई पैसाको समस्या छ वा घाटा भैरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाइँको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सके सम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।

दोश्रो कुरा
चाणक्यले मनको सन्ताप अर्थात आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाइँलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाइँको दुःख घट्नुको साटो थप बढ्छ ।

तेश्रो कुरा
जीवनमा गोप्य राख्नु पर्ने कुरा हो आफ्नो पति वा पत्नि सम्बन्धि कुरा । यदि तपाइँले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध विगारिदिन वा अनैतीक हर्कत गर्न सक्छन् । यसले परिवारमा कलह र झगडा बढाउँछ । सके सम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।

चौथो कुरा
जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाइँलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैसँग राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने खतरा हुन्छ । तपाइँ थप अपमानित हुने खतरा हुन्छ ।

त्यसैगरि यी हुन् जीवनमा भुलेर पनि गर्न नहुने ५ काम

हिन्दू धर्मग्रन्थ गीता को शुत्र छ ‘योगः कर्मसु कौशलम्’ अर्थात जुन काम गर्नु हुन्छ एकदम लागेर गर्नुस् । यो श्लोकको अर्थ जुन काम गर्नु हुन्छ त्यसमा पुरै ध्यान लगाउनुस्, दक्षता, कुशलता सबै त्यसमै लगाउनुस् ।

फरक फरक काम गरेर टाउको दुखाउने मानिस सँधै असफल हुन्छ । यस्ता मानिसले स्वास्थ्य, सन्तोष र सुख महसुस् पार्न सक्दैनन् । आजकल सबैको जीवन दौडधुपमा वित्छ । जिम्मेवारीका कारण मानिसहरुलाई खाना, स्वास्थ्य वा आरामका लागि पनि समय पुग्दैन ।

धर्म ग्रन्थका अनुसार हाम्रो जीवनमा हम्रो जीवन खाना मात्र नभएर ध्यान, योग, विचार, अध्ययन, चिन्तनमा समेत आधारित हुन्छ ।

शास्त्रमा सांसारिक दृष्टिबाट शारीरिक परिश्रम र पुरुषार्थको पनि महत्व बताइएको छ । अल्छी बनेर बसिरहनु भन्दा पनि शारीरिक परिश्रम गर्नु नै राम्रो रहेको शास्त्रमा उल्लेख छ ।

शास्त्रमा यी ५ काम भुलेर पनि गर्न नहुने उल्लेख छ ।
१ अति गर्नु हुँदैनः
कुनै पनि काम अति गर्नु हुँदैन । जतिसुकै राम्रो काम भएपनि अति गर्दा राम्रो नहुने धर्मग्रन्थमा उल्लेख छ । त्यसैले संस्कृतमा श्लोक नै छ अति सर्वत्र वर्जते अर्थात कुनै पनि काम बढी गरियो भने त्यसले दुःख निम्त्याउँछ । भोजन देखि यौन क्रिडा सम्म यही नियम लागु हुन्छ ।

२ नखाने खानाः
शास्त्रमा खान हुने र खान नहुने काम उल्लेख छ । यसैले यथासम्भव सादा, शाकाहारी र ताजा भोजन ग्रहण गर्नु राम्रो भनिएको छ । यसले स्वास्थ्यका लागि राम्रो गर्छ ।

३ प्राणिको हिंसाः
धर्मशास्त्रका अनुसार अहिंसा नै सुखको आधार हो । जुन ब्यक्तिमा समवेदना, दया र भावना हुँदैन उ कहिल्यै सुखी हुन सक्दैन । बैज्ञानिक हिसावले पनि प्राणि हिंसा नराम्रो मानिएको छ । हिँसाले अशान्ति निम्त्याउने नीतिमा उल्लेख छ ।

४ बेकारका काममा लाग्नुः
नीतिले नराम्रो नै भए पनि काम नै गरेर समय विताउनु उत्तम भनेको छ । खाली बस्दा उर्जा वेकारमा नष्ट हुने र नकारात्मक काममा दिमागमा आउँछ । बढी सोंच्ने मानिस निराश र नकारात्मक विचारका हुन्छन् ।

५ अरुको धन खाइदिनुः
अरुको धन हडपेर खानु पाप हो । स्वार्थ पुर्तिका लागि अरुको धनमाल लुट्ने नियत राख्नु । अरुले मेहनतले कमाएको पैसा खाइदिनु पाप भएको शास्त्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here