फेरी कतार बाट आयो दुखको खबर :सडक दुर्घटनामा परी कतार मा एक नेपालीको मृत्यु

0
52
फेरी कतार बाट आयो दुखको खबर :सडक दुर्घटनामा परी कतार मा एक नेपालीको मृत्यु

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए। मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए ।उनको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ ।सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा कतार गएका थिए । उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

साभार अन्नपूर्णपोस्टमृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए। मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए ।उनको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ ।सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा कतार गएका थिए । उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

साभार अन्नपूर्णपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here