बाउको सम्पत्तिमा छोरीको मोज,शाहरुख खानकी छोरीले लगाउँछिन् यस्तो महङ्गो कपडा

0
67
बाउको सम्पत्तिमा छोरीको मोज,शाहरुख खानकी छोरीले लगाउँछिन् यस्तो महङ्गो कपडा

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान फिल्म इन्डस्ट्रिमा सबैभन्दा चर्चित छोरी हुन्। १७ बर्ष पुगिसकेकी सुहाना आफूलाई गल्यामरको दुँनिया देखि टाडा राख्न खोज्छिन्। तर उनी आफ्नो स्टाइलिश अन्दाजको कारण सधैँ चर्चामा रहने गर्छिन्।

सुहाना आफ्नो महँगो ब्रान्डेड कपडाको कारण पनि बेलाबखत चर्चामा आउने गर्छिन्। मुम्बईको धिरुभाई अम्बानी स्कुलबाट पढाई सकेकी सुहाना यतिबेला लण्डनमा पढिरहेकी छिन्। ग्रयाजुएशन सकेपछि उनी आफ्नो बाबु जस्तै बलिउडमा आफ्नो क्षमता देखाउने अठोटमा छिन्।

बिहिबार शाहरुख खानले आफ्नो ५२ औं जन्मदिन मनाउँदै छन्।बुधबार सुहाना र आमा गौरी खान र उनका केहि साथीहरु अलीबाग फार्म हाउस गए र गेट वे अफ इन्डियामा सुहानालाई मिडियाहरुले पनि पछ्याइहाले र उनको फोटो पनि लिन भ्याइहाले।

मिडियाहरुका अनुसार सुहानाले Givenchy ब्राण्डको सर्ट र स्लीव टिशर्ट लगाएकी थिइन्। हेर्दा साधारण लाग्ने उनको टिशर्टको मूल्य भने ५० हजार भारु पर्ने रहेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here