बिहेको १० वर्षपछि अभिषेकले खोले ऐश्वर्याको यस्तो राज, सुनेर दंग पर्नुहुनेछ तपाई

0
61
बिहेको १० वर्षपछि अभिषेकले खोले ऐश्वर्याको यस्तो राज, सुनेर दंग पर्नुहुनेछ तपाई

एजेन्सी । बलिउडमा शानदार र सुन्दर जोडीमा एक मानिन्छ ऐश्वर्या र अभिषेकको जोडी । २० अप्रिल २००७ मा विवाह बन्धनमा बाँधिएका यी दुईको जोडी १० वर्षसम्म खुशी नै मानिन्छन् ।

यसैबीच अभिषेकले ऐश्वर्याको बारेमा एक यस्तो खुलासा गरेका छन् जुन आजसम्म कसैलाई पनि थाहा छैन । तर अभिषेकले आफै यो राजको पर्दा खोलेका हुन् ।

आफ्नो विहे र ऐश्वर्यालाई ‘प्रपोज’ गरेको पलको याद गर्दै ट्विटरमा धेरै कुरा लेखेका छन् । आफ्नो पूराना दिनहरुको याद गर्दै अभिषेकले ऐश्वर्यासँग आफ्नो यात्रा धेरै खुशी रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘१० वर्ष पहिले न्युयोर्कमा अत्याधिक चिसोमा छतमा बसेर मेलै सोधेको थिए, मसँग बिहे गर्छौ ?’ यसको उत्तरमा ऐश्वर्याको जवाफ ‘हुन्छ’ थियो ।

अभिषेकको अनुसार आफ्नो धड्कन तेज पारेर प्रस्ताव राखेका थिए । र ऐश्वर्याले हुन्छ भन्न एक सेकेण्ड पनि समय लगाएकी थिइनन् । यो पल यी दुवैको जीवनमा निकै खास रहेको उनी बताउँछन् । मणि रत्नकी फिल्म ‘गुरु’को प्रिमियरको तुरुन्तै अभिषेकले ऐश्वर्यालाई प्रस्ताव गरेका थिए । आज उनीहरुसँग ६ वर्षकी छोरी आराध्या रहेकी छिन् ।

कुनै समय करिश्मा कपूरसँग बिहे गर्न लागेका अभिषेकले उनीसँग २००२ मा इन्गेजमेन्ट गरेका थिए । तर यो सम्बन्ध २००३ मा टुटेको थियो । यसको करिब ४ वर्षपछि ऐश्वर्या र अभिषेकको विहे भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here