महिलाको शरिरसँग जोडिएका यी १० तथ्य जुन पुरुषलाई थाहा छैन

0
68
महिलाको शरिरसँग जोडिएका यी १० तथ्य जुन पुरुषलाई थाहा छैन

काठमान्डौ । महिलाको शरिरको संरचना, प्रजनन अंग र महत्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा भिन्न हुन्छन् ।

एमपी मेडिकल साइन्स युनिभर्सिटीकी एनोटोमी र फिजियोलोजीकी असोसिएट प्रोफेसर डा. नम्रता दुबेका अनुसार महिला र पुरुषको शरिर बाह्य रुपमा भिन्न त हुन्छन् नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपी, अधिकांश पुरुषलाई महिलाको शरिरबारे धेरै जानकारी हुँदैन । डा. दुबेले महिलाको शरिरसँग जोडिएका ती १० तथ्यबारे जानकारी दिएकी छिन् ।

१. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।
२. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।
३. महिलाको स्तनको आकार अर्कोभन्दा अलि ठूलो हुन्छ । यो दायाँ वा बायाँ जुनसुकै पनि हुनसक्छ ।
४. महिलाको शरिरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले उनीहरुलाई हृदयघातको समस्याबाट बचाउँछ ।
५. महिलाको शरिरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्ब, जाँघ र पेटमा धेरै जम्मा हुने गर्दछन् ।
६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।
७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।
८. महिलामा धेरै पेन रिसेप्टर्स हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।
९. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।
१०. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here