मेरो श्रीमान मसँग दिनकै तीनचारचोटिसम्म सेक्स गर्नुहुन्छ तर पनि…?

0
64
मेरो श्रीमान मसँग दिनकै तीनचारचोटिसम्म सेक्स गर्नुहुन्छ तर पनि…?

सेक्स लत छुटाउन मनो परामर्श जिज्ञासा: : मेरो श्रीमान मसँग समय मिल्दा दिनकै तीन-चारचोटिसम्म सेक्स गर्नुहुन्छ । उहाँका अरू पनि सेक्स पार्टनर छन् । यसले गर्दा हाम्रो दाम्पत्य जीवनै टुट्लाजस्तो भइसक्यो । हामी डिभोर्स गर्ने अवस्थामा पुगिसकेका छौँ । जतिखेर पनि सेक्सका लागि तयार भइहाल्ने उहाँको बानी देखेर छक्क पर्छु । सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? मेरो श्रीमान्को यस्तो समस्याको कुनै उपचार होला ?

समाधान: तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणका आधारमा तपाईंको श्रीमान्लाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (विचार र बाध्यताको दुश्चक्र)’ समस्या रहेको बुझ्न सकिन्छ । यस्तो समस्यामा मानसिक परामर्श दिनुपर्छ र बानीबेहोराको उपचार गर्नुपर्छ । तपाईंको श्रीमान्लाई सेक्सको लत लागेको बुझ्न सकिन्छ । यौन व्यवहार व्यक्तिको नियन्त्रणभन्दा बाहिर जानु नै सेक्स लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् ।

अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै ध्वस्त हुन पुग्छ । सेक्सले लतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरू प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । सेक्सको लत सामान्यतया १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ ।

यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैमा हुन सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध विच्छेद नै भएको पाइन्छ ।

यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ । महिलामा बोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो ।

यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाले आफूलाई सधँै एक्लोपन महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपन हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनिहरू जो कोहीसँग पनि सेक्स गर्न सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् ।

पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्छ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टी सोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या भनिन्छ । यस्तो समस्यामा पुरुषलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकार हुन सक्छन् । -शुक्रबारबाट

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here