दुःखद् खबर :धनि बन्ने सपना बुनेर ३६ प्रतिशत ब्याजमा ऋण लिएर उड्छ कतारतिर तर दुई महिनापछि

0
56
दुःखद् खबर :धनि बन्ने सपना बुनेर ३६ प्रतिशत ब्याजमा ऋण लिएर उड्छ कतारतिर तर दुई महिनापछि

धनि बन्ने सपना बुनेर ३६ प्रतिशत ब्याजमा ऋण लिएर उड्छ कतारतिर तर दुई महिनापछि फर्कन्छ बाकसम

यो फोटो हरुले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ ।

यो कहानी हो दाङका गणेश विश्वकर्माको…भर्खर १६ वर्ष टेकेका । गणेशलाई म्यानपावर एजेन्टहरुले राम्रो काम र पैसा पाइन्छ भन्दै लोभ्याएपछि ऊ कतार जान कस्सिन्छ । पैसा त थिएन तर सपना थियो, फर्केर आएर आमाका लागि एउटा राम्रो घर बनाइदिने । ३६ प्रतिशत ब्याजमा डेढ लाख ऋण लिएर उड्छ कतारतिर । दुई महिनापछि फर्कन्छ ।

तर काठको बाकसमा- शवको रुपमा ! १६ वर्षमै उनी कतार पुगे त ? किन नपुग्नु ! दलालले उनलाई नक्कली पासपोर्ट बनाइदिए जसमा उनको उमेर २० वर्ष लेखिएको थियो । कतार जान नियमानुसार लाग्ने रकम ७० हजार मात्रै हो । तर दलालले बढी पैसा ठटाएपछि कूल खर्च लाग्यो डेढ लाख । त्यो पनि ३६ प्रतिशत ब्याजमा !

कतार पुगेको ६ हप्तामै ह्रदयाघात भएर मरेको भनियो परिवारलाई । चिताको आगो दन्केर कमसम्म भएको थिएन, गणेशको बुबालाई ऋण कसरी तिर्ने भन्ने पिरलोले सताइसक्यो । धनी मान्छे बन्ने सपना बोकेर गणेश कतार लम्किएको थियो, तर सुको आएन उताबाट पैसा । उनलाई ऋण कसरी तिर्ने थाहा छैन।

छोरा मर्‍यो भन्दैमा साहुले छाड्दैन भन्ने चाहिँ उनलाई राम्रैसँग थाहा छ। कतारको चाहिँ उनी अब नाम पनि सुन्न चाहँदैनन्। समबेदना दु:खद परिवारमा! कतारले सन् २०२२ को विश्व कप फुटबल आयोजना गर्दैछ। त्यसका लागि भौतिक निर्माण कार्य हुँदैछ। त्यस्तो चर्को घाममा उनीहरु काम गर्छन् तर शोषणमा।

हाल सम्म २ महिनामा चरम शोषणका कारण ४४ जना नेपालीको मृत्यु भैसकेको छ भने हजारौ पिडित छन । भाग्छन् भन्ने डरले पाउनु पर्ने तलब पनि नदिने रहेछन्। अनि पासपोर्टसमेत जफत गरेर राख्दा रहेछन्। By:नबिन बि सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here