यिनै हुन् नेपाली कामदारको जीवन माथि खेलवाड गर्ने विश्वराज पाण्डे,यसरी परे खोरमा

0
31

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’ मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित नयाँबानेश्वरको इन्द्रेणी फुडल्याण्डबाट रंगेहात समात्यो । पौडेलका साथमा थिए विभागकै नायब सुब्बा खड्गबहादुर केसी

इन्द्रेणीबाट पक्राउ परेका पौडेलले टिप्पणी उठाएको एसआरएस म्यानपावरको फाइल सहसचिव पाण्डेले स्वीकृत गरेका थिए । तर, अवकाश लिएर अष्ट्रेलिया जाने योजनामा रहेका पाण्डे घुस प्रकरणमा समातिने डरले बिरामी छु भन्दै बुधबार कार्यालय नै गएनन् ।नभन्दै विदा बसेकै दिन बुधबार मध्यान्ह पाण्डेलाई अख्तियारले चाबहिलबाट च्याप्पै समात्यो ।

पाण्डेलाई कालोसूचीमा रहेको कम्पनीको कारोबार फुकुवा गर्न एसआरएस म्यानपावर सञ्चालकसँग घुस लिएको आरोप छ । नेपाली कामदारको समस्या र विदेशमा नेपालीलाई पर्ने समस्याको समाधानमा लग्नु पर्ने सस्था आफै धुसखोरीको दल दलमा फसेको छ

उनले खाडी मुलुकमा काम गर्न बन्देज लागेका मेनपावर कम्पनिलाई १५ देखी २० लाख घुस लीएर सहजै कारोबार फुकुवाका साथै स्वीकृत दिन्थे.हेर्नुहोस यिनै हुन् जसले देशमा आफ्नो परिवार छोडेर केहि कमाउला भनेर बिदेशी मरुभूमिमा आफ्नो र परिवारको खुशीको लागि काम गरीरहेका नेपालीमाथि गद्धर गर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको यसरी परे प्रहरीको खोरमा(स्थलगत रिपोर्ट) यतिसम्म घुस खान्थे दिनमा
ओएसनेपालबाट साभार

‘घूसको खोलो’
वैदेशिक रोजगार विभागमा म्यानपावरको अनुगमन, श्रम स्वीकृति, म्यानपावरविरुद्ध हुने उजुरी र म्यानपावर दर्तालगायत प्रक्रियामा ठूला अनियमितता र घूसकाण्डका घटना पटक–पटक दोहोरिने गरेका छन् । सरकारले नयाँ म्यानपावर दर्ता गर्न रोक लगाए पनि अदालतले आदेश दिएको भन्दै कम्पनी दर्ता गर्ने प्रक्रियामा ठूलो चलखेल हुने गरेको छ । अख्तियारले यसअघि पनि म्यानपावर दर्ता प्रक्रियामा लेनदेन गरिरहेका बेला कर्मचारीलाई पक्राउ गरेको थियो । व्यवसायीका अनुसार एउटा म्यानपावर दर्ता गर्दा कम्तीमा दुई लाख रुपैयाँसम्म लिने गरिन्छ ।

शून्य लागत (फ्रि भिसा र फ्रि टिकट) लाई कार्यान्वयन नगरेको भन्दै विभागले ६ सयभन्दा बढी म्यानपावरको आर्थिक कारोबार छानबिन प्रकरणमा समेत विभागले व्यवसायीसँग ठूलो रकम असुल गरेको आरोप छ । आफ्नो काम रोक्का भएपछि प्रतिम्यानपावर ३ देखि ५ लाख रुपैयाँसम्म बुझाउनुपरेको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here