कतारमा रोजगारीमा गएकाहरुले के गर्ने, के नगर्ने ?

0
47
कतारमा रोजगारीमा गएकाहरुले के गर्ने, के नगर्ने ? जान्नुहोस !

टिप्स । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । कमाएर परिवारको आर्थिक अवस्था सुधार्न विदेशिएका नेपालीले परदेशमा सास्ति खेप्नु परेको छ । कतारको रोजगारीमा रहेका नेपालीले यी कुरा बिचार गरे त्यस्ता समस्याबाट जोगिन सकिन्छ ।

गर्नु पर्ने
– दिएको जिम्बवारी लगनसिल, मेहनेत एवम् इमान्दारिताकासाथ पुरा गर्नुहोस् ।

– कतारी नियम कानुनको सदैब पालना गर्नुहोस् ।

– राहदानी तथा आवासीय अनुमतिपत्रको म्याद सकिनु पहिलेनै नयाँ राहदानी र आवासीय अनुमति पत्र लिनुहोस् ।

– अरविक र अंग्रेजि भाषाको राम्रो जानकारी राख्नुहोस् ।

– आफ्नो राहदानी, आवासीय अनुमतिपत्र, कतारी परिचय पत्र , बैंक कार्ड आदिको एक एक प्रति फोटोकपी गरेर सुरक्षित राख्नुहोला, बिनाकारण त्यस्ता कागजात कसैलाई नदिनु होला ।

– तलब नपाएमा वा परिचय पत्र नलगाइदिएमा वा नबिकरण नगरिदिएको खण्डमा एवम् काम र तलब फरक परेको लागयत आदि समस्या आइ परेमा नम्रता र सिष्टता पुर्बक आफु भन्दा माथि आफ्नो सुपरभाइजर समक्ष आफ्नो समस्या राख्ने, त्यसपछि पनि समस्या समाधान नभएको खण्डमा नेपाली दुताबास र कतार सरकारका सम्बन्धित निकयमा शिग्र सम्पर्क गर्नुहोस् ।

– आफू कार्यरत कम्पनी, संस्था वा घरमालिक अरु कसैले करारपत्र लागयत कुनैपनि कागजातमा सहि गर्न भनेमा राम्रो सँग पढेर मात्र सहि गर्नुहोस् ।

– बाटो काट्दा ट्राफिक नियम पालना गर्नुहोस् र हतार नगरि जेब्रा क्रसिंग बाट मात्र बाटो काट्नुहोस् ।

– अन्य बक्तिहरुसँग लेनदेन (आर्थिक कारोबार) गर्दा अनिवार्य रुपमा भर्पाइ लिई प्रमाणका लागि सुरक्षित राख्नुहोस् ।

– उपुयुक्त खानपिन, पहिरन, आफ्नो स्वास्थ्य तथा सुरक्षा जस्ता बिषयमा ध्यान दिनुहोस् साथै प्रर्याप्त पानि वा झोल पदार्थ पिउनुहोस् ।

– नेपालमा रहेका आफन्तसँग सम्पर्कमा रही आफ्नो अवस्थाका बारेमा नियमित वा दैनिक जानकारी गर्ने गराउने काम गर्नुहोस् ।

– आफूले आर्जन गरेको रकम समुचित सदुपयोगका लागि बैधानिक बाटो मार्फत नेपाल पठाउनुहोस् ।

गर्न नहुने कार्यहरु
– कतारको कानुन, धर्म परम्परा र सस्कृति बिपरित कुनैपनि कार्यहरु नगर्नुहोला ।

– लागुपदार्थ तथा प्रतिबन्धित औषधिहरुको ओसार पसार सेवन तथा बेचबिखन नगर्नुहोस् ।

– कुनैपनि प्रकारका हातहतियार लिएर नहिड्नुहोला ।

– कम्पनीको स्वीकृतिबिना काम कार्यस्थल र बासस्थान नछाड्नुहोला ।

– आर्थिक प्रलोभनमा परेर कार्यरत कम्पनीबाट नभाग्नु होला, असम्बन्धित कार्यस्थलमा गैरकानुनी रुपमा काम नगर्नुहोस्, साथै अन्य नेपालीहरुलाई यस्ता कार्यहरु गर्न पे्ररित नगर्नुहोला ।

– कुनैपनि बहानामा कसैको उक्साहटमा कुनै पनि हालतमा काम बन्द तथा हड्ताल नगर्नु होस् ।

– नेपाली नागरिक तथा विदेशीहरुसँग अनावश्यक जमघट, छलफल, विवाद झगडा होहल्ला कुटपिट आदि जस्ता कार्यहरु नगर्नुहोस् ।

– सुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेन देन नगर्नुहोस् ।

– ठगी चोरी तथा महिला माथि दुरव्यवहार जस्ता नैतिक आचरण बिपरित कुनै पनि कार्यहरु नगर्नुहोस् ।

– मदिरा सेबन गरि, सवारी चालक अनुमति पत्र बिना तथा सवारीको रोड पर्मिट बिना सवारी साधन नचलाउनुहोस् ।

– मदिरा उत्पादन, सेवन तथा बेचविखनका काम नगर्नुहोस् ।

– अन्य व्यक्तिका सिभिल आइडी बैंक कार्ड फेला परेमा दूरुपयोग नगर्नुहोस् ।

– रम्जानको समयमा निषेधित समयमा खानेकुरा खुल्ला रुपमा नखानुहोस् ।

– अत्याधिक काम गरेपश्चात धेरै चिसो नखानुस् र बढी चिसोमा नबस्नुहोस् ।

– गैरकानुनी रुपमा महिला एवम् पुरुषसँग सँगै बसोबास नगर्नुहोस् ।

– फेसबूक, ट्वीटर, युटुब आदिजस्ता सामाजिक तथा विधुतिय संचार माध्यमहरुको दुरुपयोग नगर्नुहोस् ।

– नेपाल र कतारबीचको सम्बन्धमा आँच आउने वा प्रतिकुल असर पर्ने कुनैपनि गतिबधि नगर्नुहोस् ।

यसो गरेमा तपाईंको कतार बसाई सुखद हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here