पर्सि हुने निर्वाचन तत्काल रोक्नु त्यसले निम्त्याउँछ यस्तो विपत्ती

0
42

सबैमा मेरो नमस्कार,
यो भिडियो मैले दुवईस्थित मेरो स्कुलको ल्यावमा बसेर रेकर्ड गराइरहेको छु । मलाई लाग्छ, पत्रकार साथीहरुमार्फत यो भिडियो निर्वाचन आयोगसमक्ष पुग्छ ।

मंसिर १० र २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्वाचनको अन्तर्राष्ट्रिय मान्यता अर्थात मर्मविपरित हुन गइरहेको छ । यसलाई सच्याउनुपर्छ भनेर मैले कात्तिक २४ गते आर्टिकल निकालेको थिएँ ।

त्यो आर्टिकल नेपालको पपुलर अनलाइन पोर्टलहरुमा इमेलमार्फत मैले पठाएँ । तर, एकदुई वटाबाहेक अन्य पोर्टलमा पब्लिस भएन । जसको कारण निर्वाचन आयोगसम्म त्यो आर्टिकल पुगेन ।

त्यसपछि नै कात्तिक २८ गते अर्को प्रेस रिलिज निकालें । त्यो प्रेस रिलिज मंसिर १० गतेको निर्वाचनलाई अबिलम्ब रोक्ने, मतदाता शिक्षा (भोटर एजुकेशन)लाई प्रभावकारी बनाउने र मंसिर २१ गते एकैदिन मुलुकभर निर्वाचन गराउने भनेको थिएँ । त्यो पनि एक दुई वटाबाहेक अरु पोर्टलमा आएन ।

मंसिर ३ गते बेलुका रिपोर्टर्स क्लवमा गएर मेरो प्रेस रिलिज छोडें । त्यो पनि प्रकाशित भएन । क्लवमै मैले मंसिर ४ गतेको लागि प्रेस कन्फेरेन्सको समय मागें । तर, त्यो पनि उपलब्ध भएन । यसै क्रममा म दुवई आउनुपरेकोले यो भिडियो रेकर्ड गरेर पठाउँदै छु ।
मंसिर १० गतेको निर्वाचन रोक्नुपर्नेमा मैले तीन वटा कारण राखेको थिएँ ।

जसमध्ये पहिलो नम्बरमा मतदाता शिक्षा ढिलो सुरु गरियो । मतदाता सुरु गर्दा कम्तिमा तीन महिनाअघि सुरु गर्नुपर्छ । दोस्रो नम्बरमा मंसिर १० को चुनावका लागि १५ दिनअघि र मंसिर २१ लाई २६ दिनअघि गरेर उस्तै चुनावमा उस्तै मतदातालाई फरक व्यवहार गरियो ।

तेस्रो नम्बरमा शासकीय स्वरुप, नयाँ व्यवस्था, नयाँ संरचना, नयाँ प्रशासन, नयाँ निर्वाचन क्षेत्रसहितको निर्वाचन गर्दा मतदाता शिक्षाका साथसाथै सिभिक एजुकेशन (नागरिक शिक्षा) जरुरी हुन्छ भन्ने कुरा युनाइटेड नेशन्सको इलेक्शन नम्समा लेखिएको छ । त्यो कुरालाई बेवास्ता गर्दै निर्वाचन आयोग अघि बढिरहेको छ भनेर मैले कुरा राखेको थिएँ ।

भोटर एजुकेशनमा नर्मल्ली कहिले भोट हाल्ने ? कसरी हाल्ने ? कति वटा हाल्ने ? कसरी मतपत्र पट्याउने ? के भयो भने सदर हुन्छ ? के भयो भने बदर हुन्छ ? कुन भोट कस्को लागि ? कतिदेखि कति बजेसम्म मत हाल्ने ? जस्ता कुरा समेटिएका हुन्छन् । तर, सिभिक एजुकेशन अझ महत्वपूर्ण विषय हो, जसमा केन्द्र भनेको के ?

प्रदेश भनेको के ? प्रशासन कस्तो हुन्छ ? केन्द्रमा कति निर्वाचन क्षेत्र हुन्छ ? प्रदेशमा कति निर्वाचन क्षेत्र हुन्छ ? मुख्यमन्त्री भनेको के ? केन्द्रको साँसद भनेको के ? केन्द्रीय मन्त्री भनेको के ?

राज्यमन्त्री भनेको के ? निर्वाचन क्षेत्रमा कुन कुन ठाउँ पर्छ ? कुन कुन नगरपालिका पर्छ ? कुन कुन वडा पर्छ ? कति जना मतदाता छन् ? केन्द्र र प्रदेशका समानुपातिकका फाइदा के ? जस्ता कुरा समेटिएको हुन्छ ।

सिभिक एजुकेशनको बेवास्था गरेर चुनाव गरियो भने र कसैले इन्टरनेशनल कोर्ट अफ जस्टिसमा मुद्दा हाल्यो भने सम्पूर्ण निर्वाचन खारेजसम्म हुनसक्ने खतरा मैले देखेकोले मंसिर १० को निर्वाचन अबिलम्ब रोकेर सिभिक एजुकेशनसहित मंसिर २१ गते एकै पटक नेपालभर निर्वाचन गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछु । र, मेरो यो समाचार निर्वाचन आयोगसम्म पुर्याइदिन सबै पत्रकार साथीहरुलाई अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here