श्रीमतीले नेपाल बाट दिनहु फोनमा किच किच गरेपछी जिबनले हरेस खादै दुबईमा आत्महत्या गरे …

0
61
श्रीमतीले नेपाल बाट दिनहु फोनमा किच किच गरेपछी जिबनले हरेस खादै दुबईमा आत्महत्या गरे …

असोज ९ – युएईको उम्मलक्विनमा एक नेपाली मृत भेटिएका छन् । रोल्पाको सुकीदहका जीवन केसी गएको गएको शुक्रबार कम्पनीको ग्यारेजमा राखेको क्रेनमा झुण्डिएको अवस्थामा भेटिएको जीवनका भाइ सर्जन केसीले जानकारी दिनुभयो । श्रीमतीसँग फोनमा झगडा परेपछि आवेशमा आएर जीवनले आत्माहत्या गरेको भाइ सर्जन र छिमेकी कृष्ण डाँगीको भनाई छ । शुक्रबार कामबाट फर्केपछि श्रीमतीसँग फोनमा झगडा भएपछि जीवनले कृष्णलाई फोन गरेका थिए ।

‘उनीहरुकै लागि विदेश आए, ऊ चाँहि सधैं अनावश्यक झगडा गर्ने, म त बाँच्दिन । यो तिम्रो मेरो अन्तिम बोलचाल हो साथी, अर्को जुनीमा भेटौँला मैले आत्महत्या गर्दै छुु भनेर फोन राख्यो,’ कृष्णले जीवनले फोनमा भनेको कुरा सुनाउनुभयो । कृष्णले जीवनलाई सम्झाउन पनि पाउनुभएन । त्यतिबेलै युएईको रसअलखेमामा काम गर्ने जीवनका साइला भाइ सर्जन केसीलाई कृष्णले खबर गर्नुभयो ।

कृष्णका कुरा सुन्ना साथ दाइलाई फोन गर्दा जीवनको फोन स्विच अफ भैसकेको सर्जनले बताउनुभयो । त्यसपछि सर्जनले कम्पनीका जीवनका साथीलाई फोन गर्नुभयो । साथीहरुले जीवनलाई कोठामा नदेखेपछि सोधिखोजी गर्दा कम्पनी कै ग्यारेजमा राखिएको क्रेनमा झुण्डिएको अवस्थामा जीवन मृत भेटिएका थिए । कम्पनीले सर्जनलाई जीवन मृत भेटिएको बताएको थियो ।

जीवनको दुई छोरी र एक छोरा छन् । युएई गएपछि परिवारलाई जीवनले परिवारलाई दाङमा कोठा खोजेर राखेका थिए । केसीले दुई वर्ष अघि घर विदामा आउँदा जग्गा किनेका थिए । त्यही जग्गाको ऋण तिर्न पठाएको पैसा ऋण नतिरेको भन्दै जीवनको श्रीमतीसँग झगडा भैरहने गरेको साथी कृष्णले बताउनुभयो । ८ वर्ष अघि दाइले भिजिट भिषा पठाएपछि जीवन युएई आएका थिए । जग्गा किन्दा लागेको ऋण तिरेर नेपाल फर्कने योजना थियो जीवनको ।

जीवन युएईको अजमानमा रहेको लूतह लेम्मेन्स एलएलसी नामक कम्पनीमा स्काफोल्डरको काम गर्नुहुन्थ्यो । जीवनका जेठो दाइ र साइलो भाइ युएई मै कार्यरत छन् । जीवनको मृत्युको जानकारी दूतावासमा गराइसकेको र कानूनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाउने तयारी भईरहेको रसअलखेमामा कार्यरत रेशम लामाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here