इतिहास मै पहिलो पटक ​कुवेत मा रहने नेपाली लाइ आयो यति ठुलो खुसीको खबर लाखौ कामदार लाभान्वित

0
66
इतिहास मै पहिलो पटक ​कुवेत मा रहने नेपाली लाइ आयो यति ठुलो खुसीको खबर लाखौ कामदार लाभान्वित

​कुवेत वातानिया एयरवेजले आउँदो हप्ताबाट काठमाडौं–कुवेत सिधा उडान गर्ने

काठमाडौं, मंसिर ६ – कुवेतको कुवेत वातानिया एयरवेजले आउँदो हप्ताबाट काठमाडौं–कुवेत सिधा उडान सुरु गर्ने भएको छ ।
वातानियाले आउँदो बुधबारबाट उडान सुरु गर्ने भएको हो ।

सन् २००८ जुलाईमा उडान अनुमति पाएर १७ वटा देशमा उडान भर्दै आएको एयरवेज आर्थिक समस्याका कारण सन् २०११ मा बन्द भएको थियो । सन् २०१६ मा पुनः सञ्चालनमा आएको वातानिया एयरवेजसँग अहिले तीन वटा जहाज छन् ।

कुवेतबाट काठमाडौं सिधा उडान भर्न अलजजिरा, कुवेत एयरवेज र वातानिया एयरवेजले अनुमति मागेकोमा वातानियाले अनुमति पाएको थियो । सिधा उडान हुँदा कुवेतमा कार्यरत र कुवेतमा रोजगारीका लागि जाने नेपाली कामदारलाई फाइदा पुग्नेछ । यसअघि काठमाडौंबाट कुवेतका लागि सिधा उडान थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here