कतारमा मापसे गरी सवारी चलाएमा अब यस्तो कठोर सजाय हुने

0
63
कतारमा मापसे गरी सवारी चलाएमा अब यस्तो कठोर सजाय हुने

प्रश्न: मेरो साथीले मादक पदार्थ सेवन गरि गाडी चलाएको अवस्थामा प्रहरीले पक्राउ गरी हाल हिरासतमा राखेको छ।उसको स्थिति बारे मैले सम्बन्धित निकाय सँग बुझ्दा केस अहिले अदालतमा पुगेको र सुनुवाई अर्को महिना हुने जानकारी मिलेको छ। कतारी कानुनमा मापसे गरि सवारी चलाएमा के कस्तो सजाय भोग्न पर्छ ?

जवाफ: ट्राफिक कानुनको धारा ५७ बमोजिम मापसे गरि,लागुऔषध सेवन गरि वा अन्य कुनै प्रयोग गरि सवारी चलाएमा धारा ९४ अनुसार अवस्था हेरेर एक महिना भन्दा कम्ती नहुनेगरि वा ३ वर्ष भन्दा बढी नहुनेगरि जेल सजायका साथै १० हजार रियाल भन्दा माथि वा ५० हजार रियाल भन्दा कम जरिवाना हुने प्रावधान रहेको छ।

आजको गल्फ टाइम्स् बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here