कांग्रेसले बुथ कब्जा गरेको मतदान स्थलमा नेपाली सेनाले लियो यस्तो एक्सन

0
71
कांग्रेसले बुथ कब्जा गरेको मतदान स्थलमा नेपाली सेनाले लियो यस्तो एक्सन

धादिङ । धादिङमा नेपाली कांग्रेसले बुथ कब्जा गरेपछि रोकिएको मतदान नेपाली सेनाले एक्सन लिएपछि सुरु भएको छ । धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरे पछि मतदान रोकिएको थियो ।

नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । बिहान मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेर अबरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here