छिनभरमै गयो २३५ जनाको ज्यान, बचेकालाई छानी छानी गोली हानियो

0
44
छिनभरमै गयो २३५ जनाको ज्यान, बचेकालाई छानी छानी गोली हानियो

एजेन्सी – इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य सय जनाभन्दा बढी घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ ।

घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here