यी पाँच कुराहरु हिन्दूबाहेक अरु धर्ममा छैनन्, जसले गर्दा हिन्दू धर्मावलम्बीले गर्व गर्छन् !

0
39
यी पाँच कुराहरु हिन्दूबाहेक अरु धर्ममा छैनन्, जसले गर्दा हिन्दू धर्मावलम्बीले गर्व गर्छन् !

हिन्दू धर्म ग्रन्थहरुमा पाप-पूण्य न्याय र अन्यायको परिभाषा बताईएको छ । हिन्दू धर्म मान्नेहरुलाई पुनर्जन्ममा गहिरो आस्था छ । यम र नियमको सिद्धान्त हिन्दू धर्मको मुख्य सिद्धान्त हो । प्रार्थना, ब्रत, तिर्थ र दान प्रत्येक हिन्दूहरुको कर्तव्य हो ।

१२ हजार वर्ष प्राचीन ईतिहास हिन्दू धर्मको एक रहस्य हो । हिन्दू धर्मभित्र लुकेका कैयौ रहस्यहरु कुनै बेला विज्ञानले अस्वीकार गरेको थियो तर अहिले थुप्रै कुराहरुमा विज्ञानसम्मत भएकोले यस सम्बन्धमा खोज-अनुसन्धानहरु गरिरहेका छन् ।

हिन्दू धर्मका पाँच यस्ता रहस्यको बारेमा पनि जान्नुहोस् :

१) कल्पवृक्ष – वेद-पुराणमा कल्पवृक्षको बारेमा उल्लेख गरिएको छ । यो वृक्ष स्वर्गको एक विशेष वृक्ष हो । पौराणिक धर्मग्रन्थ र हिन्दु मान्यता अनुसार यो वृक्षको मुनि बसेर कुनै ब्यक्तिले जे- ईच्छा गर्छ त्यो पुरा हुन्छ भन्ने विश्वाश छ किनकी यो वृक्षमा अपार सकारात्मक उर्जा रहेको हुन्छ।

२) नाग – हिन्दु धर्ममा गाई पछि सर्पको पनि उच्च स्थान रहेको छ । सर्पलाई नागको रुपमा पूजा गरिन्छ।हिन्दु धर्म अनुसार थुपै किसिमका सर्प (नागहरु) यो धर्तीमा रहेका छन् । जसमा मणिधारी नाग , इच्छाधारी नाग ,उड्ने नाग र एक मुखे नाग देखी दश मुख भएको शेषनाग छन् भनिन्छ । वैज्ञानिकहरुका अनुसार सर्प विश्वको सबैभन्दा रहस्यमयी प्राणी हो ।

पुराणका अनुसार समुन्द्र मन्थनको बेलामा वासुकी नागलाई मंदराचल पर्वतको आसपास बेरेर डोरीको रुपमा प्रयोग गरिएको थियो । भगवान शिवको शरीरमा सधै नाग रहने गर्छ। जसको नाम वासुकी नाग हो । वासुकी नागलाई नागहरुको राजा पनि भनिन्छ । नागलाई शिवको गहना पनि भनिन्छ।भगवान विष्णु शेषनागमा विराजमान हुनुहुन्छ। त्यसैले हिन्दुसँग नागको निकै ठूलो सम्बन्ध छ ।

३) मणि- मणि एक प्रकारको चम्किने पत्थर हो। मणिलाई हिराको श्रेणिमा राखिएको छ । मणि थियो भन्ने कुरा रहस्य नै रहेको छ । तर हिन्दु धर्म ग्रन्थहरुमा मणिको धेरै उल्लेख भएको पाईन्छ। पौराणिक कालमा जोसँग मणि थियो उ जेपनि गर्न सक्थ्यो र सर्वशक्तिमान हुन्थ्यो । महाभारतकालमा अस्वस्थामा सँग मणि थियो र मणिको बलमा अस्वस्थामा शक्तिशाली र अमर भएका थिए । रावणले कुबेरसँग चन्द्रकान्ता नामको मणि लुटेका थिए । मणि धेरै प्रकारका हुन्छ ति हुन्- निलमणी, चन्द्रकान्तमणि,शेषमणी,कस्तुपमणी,पारसमणी,रातोमणी । भनिन्छ कागले मणि चिन्न सक्छ र मणि हिमालमा पाईन्छ भन्ने धार्मिक मान्यता छ ।

४) शंख- हिन्दु धर्म अनुसार शंखमा सबै दु:खकष्ट र भुतप्रेत,राक्षस भगाउने शक्ति छ भन्ने मान्यता छ । समुन्द्र मन्थनको क्रममा शंखको उत्पत्ती भएको धार्मिक हो । शंखको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ। शंख धेरै प्रकारका रहेका छन् । ति मध्ये तिन प्रकारका शंख दक्षिणावर्ती शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख । शंखको शक्तिको वर्णन महाभारत र पुराणमा उल्लेख छ । लक्ष्मी शंख, गौमुखी शंख,कामधेनु शंख, विष्णु शंख, देव शंख, चक्र शंख गरुड शंख, मणिपुष्पक शंख, राक्षस शंख, राहु शंख, केतु शंख, शेषनाग शंख आदी प्रकारका छन् । महाभारतमा कृष्ण, भिष्म,पाण्डव लगायत सँग अलग- अलग शंख थियो र सबैको अलग- अलग शक्ति र बिशेषता थियो ।

५ पुनर्जन्म- पुनर्जन्मको सिद्धान्त हिन्दु धर्ममा मात्रै छ । यहुदि,ईस्लाम,क्रिश्चियन धर्मले पुनर्जन्मलाई मान्दैनन् । हिन्दु धर्म अनुसार आत्मा अजर र अमर छ ।

शरीर कहिल्यै मर्दैन । यो परिवर्तित मात्रै भईरहन्छ । आत्मा एउटा शरीर छोडेर दोस्रो शरीर धारण गर्छ । यो चक्र मोक्ष प्राप्त नगरेसम्म चलिरहन्छ । मोक्षको अर्थ हो आफ्नो मूल स्वरुपको पहिचान गर्नु, र म शरिर मात्रै होइन भन्ने बुझ्नु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here