विराटनगर जुटमिलमा एक हजार कर्मचारी थप गरिने

0
37
विराटनगर जुटमिलमा एक हजार कर्मचारी थप गरिने

विराटनगर । ऐतिहासिक विराटनगर जुटमिल फेरि सञ्चालनमा आएको छ । जुट मिलमा कार्यरत सबैभन्दा पुराना तथा जेठा कर्मचारी ८६ वर्षका मुकुन्दप्रसाद नेपालको हातबाट आइतबारदेखि मिल संचालन गरिएको मिल व्यवस्थापनले जनाएको छ । मिल सञ्चालन गर्नुअघि धार्मिक विधिपूर्वक पूजाआजा गरिएको थियो । १९९३ सालमा स्थापना भएको विराटनगर जुटमिल बेला–बेला बन्द हुँदै र सञ्चालन हुँदै आएको थियो ।

मिलमा दैनिकी २० टन कच्चा पदार्थ उत्पादन गर्नेगरी सुरुमा ८५ जना मजदुर खटिने कम्पनीका प्रवन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिनुभयो । चुनावपछि एक हजार मजदुर थप गरी उत्पादन बढाइने काफ्लेले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तर्गत मिल मर्मत सम्भारका लागि १ करोड २५ लाख रुपैयाँ लगानी लागेको छ । कम्पनीका धेरैजसो मेसिनहरु चल्ने अबस्थामा नरहेको भवनका ढोका, झ्याल लगायत भौतिक पूर्वधारहरु निर्माण र मेसिनको मर्मतसम्भार गरिएको उहाँले बताउनुभयो । मिललाई पूर्ण रुपमा संचालनमा ल्याउन एक महिनाभित्र झण्डै २ करोड रुपैयाँ लगानी गरिने निर्देशक काफ्लेले जानकारी दिनुभयो ।

मिल संचालनमा आएसँगै जुट मिलको क्वाटरमा बस्दै आएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय र सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मलाई कहाँ सार्ने भन्ने विषय टाउको दुखाई भएको छ । मिल नियमित सञ्चालन नहुने भएकाले १० वर्षदेखि सशस्त्र प्रहरीले मिलको जग्गा प्रयोग गर्दै आएको छ ।news24nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here