एमाले अध्यक्ष ओलीले भने,“नेपाली कांग्रेसलाई जनताले चिन्दैनन्, चिन्नु न जान्नुलाई भोट हालेर राष्ट्रसंगै आफु र आफ्ना सन्तानको भविष्यलाई अन्धकारमा किन पार्ने ?”

0
59
एमाले अध्यक्ष ओलीले भने,“नेपाली कांग्रेसलाई जनताले चिन्दैनन्, चिन्नु न जान्नुलाई भोट हालेर राष्ट्रसंगै आफु र आफ्ना सन्तानको भविष्यलाई अन्धकारमा किन पार्ने ?”

बर्दिया ११ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको मुखैमा नेपाली कांग्रेसले जनता सामु गरेका जेजति बाचा र प्रतिवद्धताहरु छन् ती केवल क्षेणीक स्वार्थकालागि गरिरेहको बताउँदै सजग रहन बर्दियका जनतालाई आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले भने,“नेपाली कांग्रेसलाई जनताले चिन्दैनन्, चिन्नु न जान्नुलाई भोट हालेर राष्ट्रसंगै आफु र आफ्ना सन्तानको भविष्यलाई अन्धकारमा किन पार्ने ?”

एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतम लगाएतका वाम गठबन्धनका अन्य उम्मेद्वारलाई जिताउन सोमबार बर्दिया आएका अध्यक्ष ओलीले सम्वृद्ध नेपालकालागि केवली वाम पन्थी नै चिन्तित रहेको धारणा राख्दै नेपाल अब संसारकै शक्तिशाली राष्ट्र बन्ने उद्घोष गरे । गरिबी मुक्त, सुकुम्बासी समस्या मुक्त, बेरोजगार मुक्त लगाएत सम्बृद्ध राष्ट्र निमार्णकालागि वाम पन्थीहरु एक भएको बताउँदै अध्यक्ष ओलीले अब नेपाल विश्वकै नमुना देश बन्ने बताए ।

आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने,“सबै सेवा सुविधा वाम गठबन्धनको सरकारले दिन्छ भने भोट अरुलाई किन दिने ?”

एमाले अध्यक्ष ओलीले भने,“नेपाली कांग्रेसलाई जनताले चिन्दैनन्, चिन्नु न जान्नुलाई भोट हालेर राष्ट्रसंगै आफु र आफ्ना सन्तानको भविष्यलाई अन्धकारमा किन पार्ने ?”
नेपाली कांग्रेसलाई घोचपेच गर्दै उनले थपे,“चिन्नु न जान्नुका मान्छेहरुलाई भोट हालेर आफुसंगै आफ्ना सन्ततिको भविष्यलाई किन अन्धकारमा पु¥याउने ?”समय अझैं बितिसकेको छैन भन्ने अभिव्यक्तिमा अध्यक्ष ओलीले भने“मारेपनि काटेपनि आफ्ना भनेको आफ्नै हो आफ्नालाई छोडेर पराईलाई रोजियो भने एकदिन एक्लो भईनेछ ।” वामपन्थी बनेर वामपन्थीलाई जिताउन बर्दियाका जनतालाई आग्रह गरेका ओलीले बामदेवको जीत भनेको केवल बर्दियाको विकास मात्र नभई समग्र राष्ट्रको विकास भएको बताए ।
एमाले अध्यक्ष ओलीले भने,“नेपाली कांग्रेसलाई जनताले चिन्दैनन्, चिन्नु न जान्नुलाई भोट हालेर राष्ट्रसंगै आफु र आफ्ना सन्तानको भविष्यलाई अन्धकारमा किन पार्ने ?”
ओली र प्रचण्डको भाषण सुन्न आएका बर्दियाका जनताको ओईरो नगरपालिकाको प्रांगढमा थामि नसक्नु थियो । केही प्राविधिक कारणले गर्दा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यक्रममा आउन सकेनन् । प्रचण्डको प्रतिनीधित्व गर्दै माओबादी केन्द्रका नेता राम बहादुर थापा बादल आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here