छोरीको हत्या आरोपमा आमा पक्राउ !

0
57
छोरीको हत्या आरोपमा आमा पक्राउ !

दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो ।घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो ।

उनी छोरीको शव प्रहरीले फेला पारेपछि गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । खातुनलाई प्रहरीले ८ मंसिरमा पक्राउ गरेको थियो ।प्रहरीले आमाले नै छोरीको हत्या गरी पोखरीमा फालेको दाबी गरेको छ । प्रहरीका अनुसार नेजका पति इब्राहिम मिया वैदेशिक रोजगारमा छन् ।

पति र उनीबीच घरायसी झगडा भएको थियो । पतिलाई उनले छोरी र आफू दुवैजना मर्ने धम्की दिएकी थिइन् ।सोहीअनुसार नेजमाले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदबारले बताए ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here