बिहेको रात श्रीमानलाई देखेपछि ‘सुहागरात’ मनाउन अस्वीकार, भागेर ब्वाइफ्रेण्डको घर

0
48
बिहेको रात श्रीमानलाई देखेपछि ‘सुहागरात’ मनाउन अस्वीकार, भागेर ब्वाइफ्रेण्डको घर

बिहेको दिन राति कोठामा आफ्ना श्रीमानलाई देखेपछि एक युवतीले ‘सुहागरात’ मनाउनै अस्वीकार गरिन् । उनी बिहेको जोडीमै भागेर आफ्ना ब्वाइफ्रेण्डको घर पुगिन् । तर, उनका ब्वाइफ्रेण्डले पनि उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि ती युवती ब्वाइफ्रेण्डकै घरमा धर्नामा बसेकी छिन् ।

ती युवतीको परिवारले जबरजस्ती बिहे गराइदिएको बताइएको छ । ती युवतीले बिहेअगाडि आफ्नो प्रेम सम्बन्धको बारेमा परिवारलाई बताएकी थिइन् । तर परिवारले मानेनन् । बिहे गरेर जब उनी बेहुलाको घर पुगिन् उनले बेहुलालाई सिधै उनी आफूलाई मन नपर्ने र आफूले अर्कै व्यक्तिसँग प्रेम गर्ने बताइन् ।

गुडिरहेको कारमा सेक्स गर्दा गयो ज्यान (भिडियो रिपोर्ट)
ती युवतीको प्रेम सम्बन्ध मोवाइल फोनबाट सुरु भएको बताइएको छ । भारतको बिहार राज्यको भागलपुरमा भएको यो घटनामा ती युवतीको त्यहीँको सबौर भन्ने ठाउँका युवासँग प्रेम सम्बन्ध भएको उनले बताएकी छिन् । सुरुमा मोवाइलमा कुराकानी गर्दै जाँदा सम्बन्ध प्रेममा बदलिएको थियो ।

तर, अहिले बेहुलाको घरबाट भागेर आएपछि ती युवतीलाई उनका प्रेमीले पनि अपनाउन अस्वीकार गरेका छन् । युवतीका अनुसार जुन व्यक्तिसँग उनको जबरजस्ती बिहे गराइएको छ ती व्यक्ति पागल हुन् र उनी उसको अनुहार पनि हेर्न चाहन्नन् । गाउँका मुखिया शंकर मण्डलका अनुसार युवती बालिग भए पनि उनका प्रेमी नाबालिग भएका कारण समस्या भएको छ । युवतीका परिवारलाई खबर गरिएको र छलफलबाट समस्या समाधान गरिन् मुखिया शंकरले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here