हजारौ सवारी बोकेर गुडिरहेको रेल दुर्घटनाका

0
57

तपार्इंलार्इ लाग्दो हो, विश्वमा सबैभन्दा झूर तथा खतरनाक सार्वजनिक यातायात भएको देश हाम्रो नेपाल नै हो । वर्सेनि दर्जनौँ मानिसको ज्यान जाने तथा अव्यवस्थित र लुट मच्चाउने सार्वजनिक सवारी साधनको व्यवस्था देख्दा काठमाडाैं नै विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात भएको सहर हो भन्ने हाम्रो ठम्याई हुन्छ ।तर नआत्तिनुस् । विश्वमा हाम्रो देशमा भन्दा निकै खतरनाक तथा पत्रु सार्वजनिक यातायात भएका देशहरु रहेछन् । द रिचेस्टले विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात प्रणाली भएका दश सहरहरुको सूची सार्वजनिक गरेको छ ।यी हुन् विश्वका सबैभन्दा खराब तथा खतरनाक सार्वजनिक यातायात भएका देश तथा सहरहरुः

मुम्बईः भारतको मुम्बई विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायत भएको सहर बनेको छ । मुम्बईमा लोकल रेल नै सबैभन्दा चल्तीको सार्वजनिक यातायात हो । तर प्रायः लोकल रेलमा यति भिडभाड हुन्छ कि यात्रुले खुट्टा राख्ने ठाउँ पनि पाउँदैनन् । हरेक दिन ७५ लाख मानिसले मुम्बइमा लोकल रेलमा यात्रा गर्दछन् । भिडभाडका कारण मुम्बइमा रेलमा हुने दुर्घटनामा बर्सेनि ३५ सय मानिसको ज्यान जाने गरेको छ ।बंगलादेशः बंगलादेशको कुनै सहरमात्र होइन पूरै देश नै खराब सार्वजनिक यातायात भएको देशमा परेको छ । त्यहाँ धेरै मानिसहरु पानीजहाज तथा डुंगाबाट यात्रा गर्दछन् । तर कहिलेकाहीँ जहाज तथा डुंगाहरु यति भिडभाडपूर्ण हुन्छन् की समुद्रमा दुर्घटना भएर धेरैको ज्यान जाने गर्दछ ।
रेल दुर्घटनाका केही भिडियोहरु हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here