आमालाई न्याय दिलाउन खुत्रुकेमा घुस बोकेर बच्ची पुगिन् प्रहरीमा

0
38
आमालाई न्याय दिलाउन खुत्रुकेमा घुस बोकेर बच्ची पुगिन् प्रहरीमा

मेरठ। भारतको उत्तरप्रदेश मेरठमा पति र घरपरिवारको यातनाबाट आत्महत्या गरेकी एक महिलाकी ५ वर्षकी छोरी न्यायको लागि प्रहरी अधिकारीकहाँ धाइरहेकी छिन् । मंगलबार ती बालिका आफ्नो खुत्रुके लिएर आइजीकहाँ गइन् र भनिन् ‘मेरो खुत्रुके लिनुस् र मेरी मम्मीलाई मर्न बाध्य बनाउनेहरुलाई समात्नुस् । मम्मीलाई न्याय दिनुस् ।’

गंगानगरकी सीमा कौशिकले परिवार र पतिको यातना सहन नसकी आत्महत्या गरेकी थिइन् । परिवारको यातना सहन नसकी सीमा ४ वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । मृत्यु हुनुभन्दा तीन दिनअघि सीमा आफ्ना पतिको गिरफ्तारीको माग राख्दै प्रहरीकहाँ पुगेकी थिइन् । आत्महत्यापछि उनको पति समेत परिवारका ५ जना विरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन् । प्रहरीले उनका पतिलाई गिरफ्तार गरे पनि अन्य चार जनालाई भने पक्राउ गरेको छैन ।

मंगलबार आफ्ना मावली हजुरबुवा र मामासँग प्रहरीमा पुगेकी सीमाकी छोरी मानवी खुत्रुके हातमा लिएर गएकी थिइन् । उनले आइजी राजकुमारलाई आफ्नो खुत्रुके दिएर आफ्नी आमालाई न्याय दिलाउन अनुरोध गरिन् । आइजी राजकुमारले मानवीको खुत्रुके उनैलाई पिर्ता दिए । तर, बाहिर आउनासाथ उनको हातबाट खुत्रुके खसेर फुट्यो । खुत्रुके फुटेपछि मानवी निकै उदास भइन् । उनका मामाले उनलाई नयाँ खुत्रुके किनिदिने आश्वासन दिएर लिएर गए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here