यौनकर्मीको बस्यो अपाङ्ग भिकारीसँग प्रेमः पढ्नुहोस् मनै छुने यी दुईको प्रेम कहानी

0
40
यौनकर्मीको बस्यो अपाङ्ग भिकारीसँग प्रेमः पढ्नुहोस् मनै छुने यी दुईको प्रेम कहानी

एजेन्सी

जेठ २ – हामीमध्ये धेरैले प्रेमका कथा–कहानी देखेका र सुनेका छौं तर आजकाल फेसबुकमा भाइरल भइरहेको प्रेमको वास्तविक कहानीले मन छुन्छ । यो प्रेमकथा भाइरल हुनुको कारण यसमा प्रेमिका पूर्व सेक्स वर्कर हुन् र प्रेमी एक अपाङ्ग भिकारी । बंगलादेशका फोटोग्राफर आकाशले आफ्नो फेसबुक पेजमा १४ मेमा एक तस्बिरसँग यो विशेष प्रेमकथाको वर्णन गरेका छन् । यो पोष्टका अनुसार बंगलादेशकी यौनकर्मी रजिया बेगमलाई भिकारी अब्बास मियासँग प्रेम हुन्छ । यी दुबैको पहिलो भेटको कथा कुनै फिल्मको कहानीभन्दा कम छैन ।

एक दिन निकै पानी परिरहेको थियो । रजिया रुख मुनी उभिएकी थिइन् । कुनै कारणले रजिया त्यतिबेला रोइरहेकी थिइन्, त्यतिबेला नै उनको नजर ह्विलचेयरमा बसेका एक भिकारीमाथि अडियो । भिकारी नजिक आए र रजियाको हातमा ५० टका (बंगलादेशी मुद्रा) दिए । रजियाको दिमागमा त्यतिबेला ‘यी पहिलो व्यक्ति हुन् जसले मेरो प्रयोग नगरी मलाई पैसा दिए ’ भन्ने छाप पर्यो । यसै कारणले रजिया ती भिकारीलाई संसारको सबैभन्दा राम्रा व्यक्ति सम्झिन थालिन् ।

उक्त भेटपछि दुबै छुट्टिए । रजियाले भिकारी अब्बसलाई थुप्रै दिनसम्म खोजिन् । तर उनले भेटिनन् । थुप्रै महिनापछि रजियाले अब्बासलाई एक रुखमुनी बसिरहेको भेटिन् । दुबैबिच कुराकानी भएपछि थाहा भयो कि अपाङ्ग भएका कारण नै उनकी श्रीमतीले उनलाई छोडेर गएको थाहा भयो ।

दुबैले एक अर्कालाई साथ दिने सोचे । त्यसको केही दिनभित्रै दुबैले विवाह गरे । रजियालाई उद्धृत गर्दै आकाशले आफ्नो पोष्टमा लेखे, ‘मैले आफूलाई अब कसैसँग पनि प्रेम गर्न लायकको छैन भनी सोच्थें तर अब मर्नेबेलासम्म भिकारी अब्बासको ह्विलचेयर अगाडि बढाउन चाहन्छु ।’ अब दुबैको विवाह भएको चार वर्ष भइसकेको छ ।

जियाका अनुसार विवाहको समय अब्बासले उनलाई कहिले पनि नरुवाउने बताएका थिए उनले अहिले पनि आफ्नो बचन निभाइरहेका छन् । थुप्रै पटक घरमा खानका लागि केही पनि हुँदैनथ्यो तर पनि दुइले पानी खाएरै भएपनि पेट भरेर हाँसी खुसी जीवन बिताइरहेका छन् ।

राजियालाई आफ्नो आमा–बुवाबारे पत्तो छैन । उनी निकै लामो समयदेखि यो दलदलबाट निस्कन चाहन्थिन् तर छोरीको लालनपोषणका कारण यस्तो गर्न सकेकी थिइनन् । यद्यपी, उनले आफ्नी छोरीलाई कहिले पनि आफू एक यौनकर्मी भएको बताइनन् । रजियाको जीवनमा अब्बास आएपछि सबैकुरा सामान्य बनेको छ । पूरा परिवार खुसीले जीवनयापन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here