राजधानीका अस्पतालमा भुतप्रेतको डर, पुरै रात अस्पतालमा विताएका कुरुवा यस्तो भन्छन्

0
49
राजधानीका अस्पतालमा भुतप्रेतको डर, पुरै रात अस्पतालमा विताएका कुरुवा यस्तो भन्छन्

बुटवलका रामहरि थापा (४५) गत असोज महिनामा भएको दुर्घटनामा परि शक्त घाईते भए । जिल्लामा उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागी उनका छोरा सुदर्शन थापाले राजधानीको विर अस्पतालमा भर्ना गरे ।

डाक्टरको सल्लाह अनुसार उनलाई कम्तिमा पनि २ हप्ता अस्पतालमै बस्नुपर्ने भयो । त्यसै त खर्चिलो राजधानी त्यसैमाथी अस्पतालको बसाइएले शुदर्शनलाई केही अप्ठ्यारो भएपनि बुवाको उपचारका लागी उनलाई अस्पतालमा कुरुवा बस्नुपर्ने भयो । थापालाई न त खर्चको डर थियो, न अस्पतालको असजिलो, केवल उनलाई डर थियो त भुत प्रेतको ।

सुदर्शन भन्छन्, साथीहरुले राजधानीका अस्पतालहरुमा राती भुतले तर्साउने गरेको छ भनेर भन्छन् तर पनि बुवाको उपचारका लागी कम्तिमा पनि १४ दिन अस्पतालको बास बस्नुपर्नेछ छ । खै हेरौँ के हुन्छ ? उनले शंकाको शैलीमा भने ।

उनिमात्रै होईन सुदूरपश्चमको धनगढीबाट उपचारका लागी राजधानीको टिचिङ अस्पताल पुगेका रामकुमार बोहरालाई पनि भुतकै डर छ । स्थाई घर धनगढी भएका बोहरा अहिले राजधानीमा जागिरको शिलसिलामा हुनुहुन्छ । गत मंसिर ५ गते उहाँकी श्रीमतीलाई सुत्केरी व्यथा लाग्यो । बेलुकी ठिक आठ बजे उनले श्रीमतीलाई टिचिङ पुर्याए ।

अहिले धापासी कोठा भाडा लिएर बसिरहेका बोहरा भन्छन् । अस्पताल पुर्याएको ठिक ५० मिनेट पछि उनले बच्चा पाईन् (बोहराकी श्रीमती कुश्मा बोहराले) सगुन त मिल्यो तर पुरै रात अस्पतालमै विताउनुपर्ने (जिस्केर हामीसँग कुरा गर्न पुगेका बोहराले अगाडी थपे त्यसैपनि मलाई अस्पतालमा बस्न भनेपछि मरेतुल्य हुन्छ ।) जसो तसो त्यो रात अस्पतालमा विताए । डरको कुरा के गर्नु ? राती १०, ११ बजेपछि त अस्पतालमा बस्नै नसकिने बाहिर जान पनि डर सुत्न पनि डर, खै के भन्ने मनको डर हो की साँच्चै नै डरलाग्दो हुन्छ टिचिङ रातभरीको वृतान्त सुनाए बोहराले ।

बोहरा र थापा त केवल एक उदाहरण मात्र हुन् तर उनहिरु जस्तै धेरै समय अस्पतालमा विताएका कुरुवाहरुले यस्तै डरलाग्दो भुतको कथा सुनाउँछन् । उनहिरुका अनुसार राजधानीका सरकारी अस्पताल वीर, त्रिवि शिक्षण अस्पताल, जोरपाटी स्थित नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, प्रसूति गृह थापाथली, नर्भिक हस्पिटल, ओम हस्पिटल लगायतका ठूला निजी र सरकारी अस्पतालमा राती १० बजेपछि भुतले तर्साउने गरेको छ ।

वीर अस्पतालको आईसियू, पोष्टअपरेटिङ वार्ड र त्रिवि शिक्षण अस्पतालमा प्रसूति वार्डमा भुतले तर्साउने गरेको विरामीका कुरुवा बताउछन् । त्यसैगरि जोरपाटीको नेपाल मेडिकल कलेजमा इमरजेन्सी र अर्थोपेडिक विभागमा राती १० बजेपछि भुतले तर्साउने गरेको छ ।

राती १० बजेसम्म अस्पतालमा डाक्टर, नर्स, विरामी भेट्न आउने आफन्तको चहल पहल हुने भएकाले त्यस्तो केही महसूस नहुने भएपनि राती १० बजेपछि तर्साउने गरेको वीर अस्पतालमा आईसियूकी कुरुवा बालाजुकी भूमिका भट्टले बताईन् । उनले भनिन, राती १० बजेपछि भुतले तर्साउने रहेछ । कालो कालो छायाले झम्टिन खोज्दो रहेछ ।

’ त्रिवि शिक्षण अस्पतालको प्रसूति विभागमा पनि महिला कराएरको जस्तो सुनिने तर चारैतिर हेर्दा कोही पनि नदेखिने गरेको त्यहाँ कार्यरत नर्स बताउछन् । ‘पहिलो पहिले त खुब डराउथेउ अहिले त यस्तै हो भन्दै काममा लाग्छौ, एक नर्सले भनिन । गम्भिर प्रकृतिका अधिकांश विरामीको मृत्यु अस्पतालमै हुने भएकाले त्यहाँ भुतप्रेतले अलिकति शक्ति देखाउनु स्वभाविक भएको न्याम्सका पूर्व उपकुलपति डा. सिपी मास्के बताउछन् ।

हरेक अस्पतालले तिनै भुत प्रेतबाट बच्न अस्पतालको प्रांगणमै मन्दिर बनाएका छन् । वीर अस्पतालको आगनमै मन्दिर छ । ओम अस्पतालको आगनमै मन्दिर छ । ओमका अध्यक्ष डा. भोला रिजाल बेला बेला भुतप्रेतको शान्ति गर्दै अस्पतालको आगनमै पुजा लगाउने गर्छन । दुई वर्ष पहिलेको भूकम्पका कारण सयौंले अस्पतालमै ज्यान गुमाएका थिए । ती आत्माहरुको शान्तिका लागि पूजा लगाउनु परेको डा. भोला बताउछन् । अधिकांश डाक्टर अस्पतालमा भुतले तर्साउने गरेको कुरा मान्न तयार छैनन । तर अस्पतालमा कार्यरत नर्सहरु भने यो कुरा सही भएको बताउछन् ।

त्रिवि शिक्षण अस्पतालकी एक सिनियर नर्स भन्छिन, ‘डाक्टरसापहरुलाई थाहा नहुन सक्छ । तर जो हामी रातभरी अस्पतालमा बस्छौ की हामीलाई थाहा छ की विरामीका कुरुवाहरुलाई ।

डाक्टरसाप रातभरि अस्पतालमा बस्नु हुन्न त्यसैले थाहा हुदैन् ।’ भुतले अस्पतालमा तर्साउने समस्याको समाधान केही नभएकाले यो कुरालाई ठूलो मुद्दा नबनाइएको ती नर्स बताउछिन् । नेपाल मेडिकल कलेजका नर्सहरुले त राती भुतले नतर्साओस भन्ने कामना गर्दै राती १० बजेपछि धुपबत्ती समेत बाल्ने गरेको अस्पातलकी एक नर्सले बताइन् । अकालमा मृत्युवरण गरेको आत्माले कहिलेकाही तर्साउने गरेको अर्की नर्स बताउछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here