श्रीमान भन्दै तीन दिनदेखि एक पुरुषसँग लजमा बस्दै आएकी कल्पना मृत फेला

0
42
श्रीमान भन्दै तीन दिनदेखि एक पुरुषसँग लजमा बस्दै आएकी कल्पना मृत फेला

सर्लाहीको एक लजमा महिला मृत भेटिएकी छिन् । जिल्लाको मलंगवामा रहेको सिम्रिक जलमा ३२ वर्षि कल्पना श्रेष्ठ सुवेदी आईतबार बिहान मृत अवस्थामा भेटिएकी हुन् ।

प्रहरीका अनुसार बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने सुवेदी लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन् । उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएकी थिईन् ।

घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाको मुद्दा फाँटका इन्सपेक्टर कुन्दन देवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here