एक युवकले विवाहकै दिन आफ्नो दुलहीको रस्सीले घाटी थिचेर हत्या- आखिर किन?

0
41
एक युवकले विवाहकै दिन आफ्नो दुलहीको रस्सीले घाटी थिचेर हत्या- आखिर किन?

आफुले बिहे गरेकी किशोरी भर्जिन नभएको भन्दै एक युवाले आफ्नै नवविवाहिता श्रीमतीको हत्या गरेका छन् ।बिहे गरेर बेहुली भित्राएको रात नयाँ दुलहीसँग सुहागरात खुसीसाथ मनाउनुको साटो पाकिस्तानका एक युवकले दुलहीले बिहेअघि नै अरुसँग सेक्स गरेर कुमारित्व तोडिसकेको आरोप लगाएर श्रीमतीको हत्या गरेका हुन् ।पाकिस्तानको सिन्धस्थित जाकोबाबादमा यो घटना भएको हो । २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको बताइएको छ । विचरी ती किशोरीले भर्जिनिटी नभएको अभियोगमा बिहेकै रात बेहुली पहिरनमै आफ्नै लोग्नेबाट ज्यान गुमाउनु परेको छ ।धुमधामसँग बिहे गरेर छोरी अन्माएका खान्जानीका बुवाले अर्को दिन छोरीलाई लिएर ज्वाइँ ससुराल आउँछन् भन्ने आशामा बसेका थिए । तर छोरी ज्वाइँ नआएर शंका लागेपछि उनी छोरीको घरमा पुगे ।

त्यहाँ कसैलाई पनि नदेखेपछि उनले प्रहरीलाई खबर गरे । प्रहरीले घरकेा ढोका तोडेर भित्र छिरी हेर्दा खान्जानीको शव पलंगमै लडिरहेको देखे । क्वालान्दर भने फरार भैसकेको थियो ।खन्जादीका दाजुले हत्यारो ज्वाइँ क्वालान्दर र उसका ४ दाजुभाइ विरुद्ध आफ्नो बहिनीको हत्या गरेको अभियोगमा उजुरी दर्ता गरे । प्रहरीले बेपत्ता भएको क्वालान्दरलाई अन्ततः फेला पार्न सफल भयो । उसले प्रहरीबाट बच्नका लागि आफ्नै तिघ्रामा गोली हानेको थियो ।प्रहरी समक्ष उसले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here