घुम्टो फालेर युनिफर्ममा उत्रिएकी सुमित्रा ड्युटी गरिरहेको अवस्थामा भेटिइन

0
44
घुम्टो फालेर युनिफर्ममा उत्रिएकी सुमित्रा ड्युटी गरिरहेको अवस्थामा भेटिइन

महोत्तरीको जलेश्वरस्थित दुर्गाचोकमा म्यादी प्रहरीको युनिफर्ममा ड्युटी गरिरहेको अवस्थामा भेटिइन् सुमित्रा पासवान । आजको नयाँ पत्रिकामा रञ्जन भण्डारीले खिचेको तस्विर सहित यो खबर छापिएको छ ।

घुम्टो र साडीमा कुद्दै धेरै पुरुषलाई पछि पारेर म्यादी प्रहरीमा छनोट भएकी सुमित्राको तस्बिर पाँच साताअघि नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।प्रजातन्त्रको उत्सव निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी सुमित्राले परिवारका लागि ५५ दिनमा करिब ५० हजार कमाउँदैछिन् ।त्यो भन्दा महत्वपूर्ण, रिक्साचालककी श्रीमतीका रुपमा मात्र चिनिएकी सुमित्राको म्यादी प्रहरीका रुपमा आफ्नै पहिचान पनि बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here