विरामीले अस्पतालको इमर्जेन्सीमै डाक्टरलाई चक्कु हाने, नर्सको घाँटी थिचे

0
45
विरामीले अस्पतालको इमर्जेन्सीमै डाक्टरलाई चक्कु हाने, नर्सको घाँटी थिचे

काठमाडौं । भक्तपुरमा रहेको कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् ।

अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी उनले सोमबार साँझ आक्रमण गरेका हुन् ।

आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन् । विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही नभएको भन्दै घर लगेका छन् ।

डाक्टरलाई आक्रमण गर्ने व्यक्ति मानसिक सन्तुलन गुमेको हुन सक्ने भए पनि यथार्थ पत्ता नलागेको चिकित्सकहरुले बताएका छन् । डक्टर्स सोसाइटीकी महासचिव तोसिमा कार्कीका अनुसार डा त्रिपाठीले चेकअप गर्ने तयारी गर्दा नजिकै रहेको चक्कुले प्रहार गरेका थिए ।

त्यसपछि उनले नजिकै रहेकी नर्सको घाँटी थिचेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here