शेरबहादुर देउवासँग गगनले मागे जवाफः दिनको १२ बजे काठमाण्डुमा बम पड्काउँदा सरकार के हेरेर बसेको छ ?

0
61
शेरबहादुर देउवासँग गगनले मागे जवाफः दिनको १२ बजे काठमाण्डुमा बम पड्काउँदा सरकार के हेरेर बसेको छ ?

काठमाण्डु, १९ मंसिर– नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफूसहित ११ जना घाइते हुने गरी सोमबार काठमाण्डुको बुढानिलकण्ठ चपलीहाइटमा भएको बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराएर सोमबार साँझ सिफलमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पुगेका थापाले शान्ति सुव्यवस्था कायम गरेको बताउने सरकारले काठमाण्डुमा दिनको १२ बजे बम आक्रमण भएको घटनाबारे जवाफ दिनुपर्ने बताए । ‘म सरकारलाई एउटा प्रश्न सोध्न चाहन्छु । शान्ति सुव्यवस्थाको कुरा सरकारले गरिरहेको छ । काठमाण्डुमा मध्यदिनमा १२ बजे बुढानिलकण्ठजस्तो ठाउँमा हामीले हिजो रातिमात्रै आयोजना गर्ने भनेको कार्यक्रममा यति नियोजित ढंगबाट भएको घटनाको जवाफ सरकारले दिनुपर्छ’, थापाले भने, ‘यसले सुरक्षाको संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको छ र सरकारले यसको जवाफ दिनुपर्छ भन्ने कुराको म नेपाल सरकारसँग माग राख्छु ।’

उनले सुरक्षा व्यवस्थाबारे सरकारले सबै नागरिकलाई आश्वस्त बनाउन सक्नुपर्ने उल्लेख गरे । थापाले एक दिनअघि मात्र तय भएको कार्यक्रमलाई लक्षित गरी खुला स्थानमा आरामसँग रिमोटबाट बम पड्काएर भाग्न सक्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे आफू सरकारसँग जान्न इच्छुक रहेको जनाए । ‘म केही कदम अगाडि आज संयोगले दौडिएको हुँ । मेरो घरमा आउनुभएको प्रहरीहरुले बताउनुभएअनुसार रिमोट कन्ट्रोलको प्रयोग भएको छ । त्यति आनन्दले त्यस्तो खुला ठाउँमा बसेर जे घटना घटाइएको छ । पशुपतिनाथले हात थाप्नु भएको हुनाले मात्र बाँचे’, थापाले भने ।

थापाले बम विस्फोट गराउने समूहले आफूलाई तर्साउन खोजेको भन्दै त्यसबाट नतर्सने बताए । ‘जसले यो घटना गराउनुभएको छ । उसलाई पनि म यो प्रश्न गर्न चाहन्छु । तपाईंहरुले गर्न के खोज्नुभएको ? हामीलाई तर्साउन खोज्नुभएको ?’, उनले भने, ‘महाराज (राजा) को शासन चलेका बेलामा राजदरबार अगाडि उभिएर हाम्रो छातीमा ट्याङकर कुदाउनुस महाराज भन्ने हामीहरु तपाईंसँग तर्सन्र्छौ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here