१८ वर्षिया युवतीलाई बोक्सी लागेको भनी धामी झाँक्रीहरुले सामुहिक बलात्कार

0
47
१८ वर्षिया युवतीलाई बोक्सी लागेको भनी धामी झाँक्रीहरुले सामुहिक बलात्कार

पर्साको जसौलीमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाइ स्थानीय धामी झाँक्रीहरुले झारफुक गर्ने बहानामा सामुहिक बलात्कार गरेका छन्।वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३० जसौली माइती घर भएकी १८ वर्षिया विवाहीत महिलालाइ धामीझाँक्रीहरुबाट बलात्कृत भएकी हुन्।पर्साको जगरनाथपुर गाविस वडा नम्बर-८ घर भएका ४५ वर्षीय झाँक्री हरेन्द्र राय थारु र उनका सहयोगी जसौलीकै विनय पासवानले बिहिबार राति झारफुक गर्ने बहानामा खेतमा लगेर बलात्कार गरेका हुन्।मुख्य झाँक्री थारुलाइ प्रहरीले पक्राउ गरिसकेको छ भने उनका सहयोगी पासवान भने फरार छन्।पीडित महिलालाइ स्वास्थ्य उपचार र परिक्षणका लागि शुक्रबार दिउसो नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।पक्राउ परेका थारुलाइ भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको र फरार रहेका पासवानको खोजी भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।धामीझाँक्रीलाइ बोलाएर ल्याएका जसौलीका सुकट महत्तो र बृजलाल महत्तोलाइ पनि प्रहरीले पक्राउ गरेको छ।भारत रक्सौल नजिक रहेको भरतमही गाँउका युवकसंग महिलाको गत जेठ ३० गते विहे भएको भएको थियो। विहे भएर श्रीमानको घर गएको चार पाँच दिन पछि नै अचानक ती महिलाको मानसीक सन्तुलन बिग्रिएको थियो।मानसिक सन्तुलन बिग्रिएपछि उनका पतिले रक्सौल र गोरखपुरको अस्पतालमा लगेर उपचार गराएका थिए। तर भारतमा उपचार गराउदा निको नभएपछि उनले आफनी श्रीमतिलाइ एक साता पहिले जसौली स्थित ससुराली घरमा लिएर आएका थिए।

ससुराली गाँउकै सुकट र बृजलाले झारफुक गरेपछि निको हुने सल्लाह दिएपछि महिलाका श्रीमान र बुबा धामी झाँक्रीलाइ बोलाउन राजी भए। बिहिबार सुकट र बृजलालले नै जगरनाथपुरबाट झाँक्री थारुलाइ बोलाएर महिलाको माइतीघरमा ल्याएका थिए।धामी झाँक्रीले झारफुक गर्नका लागि कालो बोका र एक जोडी परेवा चाहिने बताएपछि महिलाका आफन्तले ती सबै सामानको जोरजाम पनि गरे।बिहिबार बेलुकी अध्याँरो भएपछि झाँक्री थारु र पासवानले महिलालाइ लिएर गाँउ नजिकैको खेतमा लगे। खेतमा लगेपछि केही बेर तन्त्रमन्त्र पढे, फूल अछेता पनि चढाए, हामी पनि त्यही थियौ., पिडित महिलाका भिनाजुले भने, ‘त्यसपछि थारु र पासवानले महिलालाइ मात्र लिएर अलि पर रहेको बरको रुख भएको ठाँउमा लगे।एक घण्टा कुर्दा समेत उनिहरु फर्किएर नआएपछि बरको रुख नजिक गएर हेर्दा दुवै झाँक्रीले महिलाको लुगा खोलेर जबरजस्ति करणी गरीरहेको अवस्थामा फेला पारिएको पिडित महिलाका भिनाजुले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here