एकाबिहानै काठमाण्डौमा बम पडकियो, त्रसित नबन्न प्रशासनको आग्रह

0
53
एकाबिहानै काठमाण्डौमा बम पडकियो, त्रसित नबन्न प्रशासनको आग्रह

काठमाण्डौको नैकापमा एकाविहानै बम पड्किएको छ । नैकापको एक बाँसको झ्याङ्ग रहेको स्थानमा बम पड्किएको हो । बिस्फोटको आवाजले स्थानीय बासिन्दा त्रसिएपनि बिस्फोट मानिसहरुको चहलपहल नहुने स्थानमा भएकाले यसले कुनै क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

बम बिस्फोट भएको स्थानभन्दा बस्ती ५ सय मिटर टाढा छ । बिस्फोटमा संलग्नहरुको खोजी गर्न बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन गरिरहेको प्रहरीको भनाई छ । यसैगरि आज कैलाली स्याङजा लगायतका स्थानमा समेत बम बिस्फोटका घटनाहरु भएपनि यसबाट कुनै क्षति भएको बिवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here