मलेसिया मा तिन तला माथि बाट नेपाली ले एक नेपालीलाई फ्याकी हत्या

0
43
मलेसिया मा तिन तला माथि बाट नेपाली ले एक नेपालीलाई फ्याकी हत्या

मङ्सिर १९ गते, मलेसिया मा फेरि एक नेपाली ले यहि मङ्सिर १५ गते तदनुसार dec.1 मा अर्को नेपालि को हत्या गरेका छन । मलेसियाको कजाङ अाचे स्थित NSG नाम को पञ्जा कम्पनि मा कार्य रत सप्तरि जिल्ला निवासि राजकुमार यादब को हत्या भएको छ । बेलुका करिव साढे अाठ बजेको बेलामा अाफ्नै कम्पनि मा कार्यरत गङ्गाराम चौधरि ले लेनदेन को बिषयमा राज कुमार यादव को कोठामा पसि राजकुमार यादब लाई तीन तलामाथि को कौसि बाट फ्याकि हत्या गरेको भिडियो सार्बजनिक भएको छ । “मेरो स|ला राजकुमार यादब को करिब १५०००/ रुपैया चलाको रहेछ उक्त पैसा माग्ने क्रम मा वाद बिवाद भएर गङ्गाराम चौधरि ले मेरो साला मृतक राज कुमार यादव लाई तीन तला माथि बाट फ्याकि तल भुईमा बजारिनु पुगे जसका कारण मेरो साला राजकुमार यादब को मृत्यु हुन पुग्यो ” मृतक राजकुमार का भेना साईनो पर्ने राम कुमार यादब ले hamrokairan का सम्पादक सङ्ग फोन कुराकानि मा बताए ।

गङ्गाराम चौधरि ले मृतक राजकुमार यादव लाई कोठाबाट निकालेर बाहिर ल्याई कौसि बाट फ्याकेको पनि हाम्रो फोन कुराकानि मा रामकुमार यादब ले बताए । हत्या गरि सके पछि गङ्गाराम मोबाईल स्विज अफ गरि फरार थियो । भोलि पल्ट बेलुका जब मोबाईल स्विज खोले तुरुन्त प्रहरी को फन्दामा परे । अहिले उनी प्रहरिको खोरमा जाकिएका छन ।गङ्गाराम को बारेमा बिस्तृत कुरा बाहिर नल्याउन र गङ्गाराम लाई कानुन अनुसार कार्बाहि हुने कुरा कम्पनि मालिक तथा प्रहरि द्वारा अनुरोध भएको पनि राम कुमार यादव ले बताए । मलेसिया मुस्लिम राष्ट्र भएको जहाँ खुनी को बदला खुन लिन सकने सम्म को कनुनि प्राबधान हुन्छन । अभियुक्त गङ्गाराम को बारेमा के कस्तो फैसला गर्ने हुन अदालत ले भविश्यमै थाहा हुने पनि राम कुमार यादब ले बताए

भिडिय‍ो हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here