सात महिनाकी गर्भवतीसहित ८ जना कलाकार काठमाडौँबाट गिरफ्तार

0
58
सात महिनाकी गर्भवतीसहित ८ जना कलाकार काठमाडौँबाट गिरफ्तार

मङ्सिर २०, काठमाडौं । दोस्रो चरणको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले काठमाडौँबाट ७ महिने गर्भवतीसहित ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ ।

ललितपुरको बाडेगाउँस्थित आफ्नै कोठाबाट खाना खाएर सुतिएरहेकी सामना जनसास्कृतिक परिवारमा कार्यरत ७ महिने गर्भवती प्रमिला तामाङलाई प्रहरीले गिरफ्तार गरेको हो ।
उनका परिवारका सदस्यले न्युनतम मानवाधिकारको समेत ख्याल नगरी प्रहरीले लछारपछार गर्दै प्रमिलालाई गिरफ्तार गरेको इमान्दार मिडियालाई बताए ।
त्यस्तै बुधबार मध्यराती नै लाजिम्पाटस्थित आफ्नै निवासमा बसिरहेका सामना परिवारकै अन्य ७ जना कलाकारहरुलाई पनी गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका उनीहरुको अबस्था अज्ञात राखिएकोले बेपत्ता प्रहरीले बेपत्ता पार्नसक्ने भन्दै उनका उनीहरुका आफन्तले अबस्थाबारे खोजबिन गरिदिन मानव अधिकारकर्मी र सञ्चार जगतलाई आग्रह गरेका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले मिर्वाचन वरिपरी पत्रकार र जनकलाकारमाथि ब्यापक धरपकड गरेको छ । निर्वाचन नजिकिदै जाँदा नेकपालाई समर्थन गरेकै कारण प्रहरीले आम नागरिकलाई समेत दुख दिन थालेको छ । -इमान्दार मिडियाबाट साभार
यस बिषयमा तपाइको प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here