सिआईबीले पक्राउ गरेकी दिपिका रेग्मीको यस्तो हर्कत, महिलाले नै गर्न थाले यस्तो काम

0
37
सिआईबीले पक्राउ गरेकी दिपिका रेग्मीको यस्तो हर्कत, महिलाले नै गर्न थाले यस्तो काम

एक सहायक स्तरकी कर्मचारीको योजनामा कृषि बिकास बैंकमा करिब पाँच करोड घोटाला भएको छ । सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर ठगी गरेकी हुन् । उनलाई सिआईबीले पक्राउ गरिसकेको छ ।

उक्त घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथी छानबिनमा तानिएका छन् । घोटलाको रकम उप रथी डा.रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।
कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो ।

जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता नै पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर दिपिका रेग्मी, अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए । दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । सैनिक प्रहरीले आइतबार नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरीक छानबिन सुरु गरिसकेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले बिष्टमाथि आन्तरीक छानबिन सुरु भएको पुष्टि गरे । ‘इन्क्वारी भइरहेको छ, छानबिन पुरा भएपछि मात्र घटनामा संलग्न हो कि होइन भन्न सकिन्छ,’ उनले भने । डा.बिष्ट सैनिक अस्पतालमा कार्यरत छन् । स्रोतका अनुसार सेनाले उनलाई निलम्बनको तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here