होस् गर्नुस!!! गर्भावस्थाको समयमा नखानुस प्लाष्टिकको बोतलमा राखेको पानी

0
1794
प्लाष्टिकको होस् गर्नुस!!! गर्भावस्थाको समयमा नखानुस बोतलमा राखेको पानी

गर्भवती हुनुहुन्छ भने अझ बढी सर्तक हुनुहोस् किनभने गर्भावस्थामा प्लाष्टिकको बोतलमा पानी पिउने बानी खतरनाक हुन सक्ने हालै गरिएको एक अध्ययनले देखाएको छ ।

अध्ययनमा बताइए अनुसार गर्भावस्थामा प्लाष्टिकको बोतलमा पानी पिउँदा हर्मोनमा परिवर्तन आउन सक्छ ।घरबाट बाहिर निस्कदां पानीसाथमा लिने गर्नुभएको छ भने कस्तो बोतल प्रयोग गर्नुहुन्छ ? साथमा लिने गर्नुभएको छ भने कस्तो बोतल प्रयोग गर्नुहुन्छ ?

प्लाष्टिकको होस् गर्नुस!!! गर्भावस्थाको समयमा नखानुस बोतलमा राखेको पानी

यसको कारण गर्भवती महिलाको भोक लाग्ने प्रक्रियामा प्रभाव पर्ने द इन्डोक्रइन सोसाइटीले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ ।उक्त रसायनले गर्भवती महिला तथा गर्भमा हुर्किरहेको शिशुको मानसिक स्वास्थ्यको लागि समेत खतरानक हुने पनि बताइएको छ ।प्लाष्टिकको बोतलमा पाइने Bisphenol (BPA) नामक रसायनले भोकलाई नियन्त्रण गर्ने हर्मोनलाई पनि निष्क्रिय बनाइदिन्छ ।त्यसको फलस्वरुप शरीरमा विभिन्न किसिमको अनावश्यक परिवर्तन हुने बताइएको छ । बच्चाहरुमा मोटोपनाको समस्या समेत देखिन सक्ने पनि उक्त अध्ययनमा बताईएको छ ।
के गर्ने ? के नगर्ने ?
– मानसिक तनाव नलिइकन काम गर्ने
– धेरै यात्रा नगर्ने ।
– लगातार कम्प्युटरमा काम नगर्ने ।
– रेडिएसन आउने बस्तुवाट वच्ने जस्तै : मोवाइल, एक्स रे आदि ।
– लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीवेर हिँड्ने ।
– खानपानमा ध्यान दिने ।
– फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने ।
– भोक नलागे पनि खाना खाने ।
– पानी बढी पिउने ।
– गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने ।
– बेला बेलामा चिकित्सकको सल्लाह लिने ।
– अन्तिम महिनामा घरमै बस्ने ।
– टाइट कपडा र हिल जुत्ता नलगाउने ।
– चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्ने ।
– हरियो सागसब्जी बढी खाने ।
– सकारात्मक सोचाई राख्ने ।
– पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने ।
– यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने ।
– गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने ।
– मादक पदार्थ सेवन नगर्ने ।
– धुमपान नगर्ने ।
– एकैपटक धेरै खाना नखाने ।
– चिल्लोपदार्थ नखाने ।
– जङ्कफुड सेवन नगर्ने ।
– थकान महसुस हुने वित्तिकै आराम गर्ने ।
– खाली पेट नबस्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here